Top Ad unit 728 × 90

a
Ad Inside Post

दिशा धोइदिने अटोमेटिक ट्वाइलेट नेपाली बजारमा

१९ चैत, काठमाडौं । आफै दिशा धोइदिने अटोमेटिक ट्वाइलेट कमोड ! त्यो पनि मन पर्ने गीत सुन्दै ट्वाइलेट बस्न पाइने ! सुन्दा अचम्म लाग्न सक्छ । तर, यही अटोमेटिक ट्वाइलेट नेपाली बजारमा भित्रिएको छ ।
जापानमा लोकप्रिय रहेको अटोमेटिक ट्वाइलेट कमोड सजना ट्रेड लिंकले नेपाल भित्राएको हो । यो कमोडमा दिशा गरिसकेपछि एउटा बटन थिचेको भरमा हाइड्रोलिक नोजल बाहिर आएर पानीको फोहोरा फाली दिशा धोइदिन्छ ।

जापानमा अटोमेटिक ट्वाइलेट अनिवार्य भइसकेको छ । त्यहाँका सार्वजनिक ट्वाइलेटमा समेत अटामेटिक कमोड राखिएको हुन्छ । नेपालमा पाँचतारे होटलमा समेत अटोमेटिक कमोड राखिएको देखिदैन ।
सजना ट्रेडका सञ्चालक सरोज न्यौपानेले पाँच वर्षअघि जापान जाँदा आफै दिशा धोइदिने ट्वाइलेट देखेका थिए । जापानको प्रख्यात पानासोनिक कम्पनीको उत्पादन अटोमेटिक कमोड उनले नेपालमा व्यवसायीक रुपमा भित्राए ।


‘नेपालमा पनि खर्चालु र सौखिन मानिस बढेका छन्, त्यस्ता व्यक्तिहरु ट्वाइलेट गएपछि हातले दिशा धुन नपरोस भन्ने चाहान्छन्’ न्यौपानले अनलाइनखबरसँग भने- ‘नेपालमा यस्तो खालको ट्वाइलेट प्रयोगमा थिएन, त्यही भएर अटोमेटिक ट्वाइलेट बिक्री सुरु गरेको हुँ ।’
साधारण कमोडको तुलनामा अटोमेटिक कमोडको मूल्य अलि चर्को छ । तर, यसका सेवा सुविधाहरु हेरेमा खासै महंगो नभएको न्यौपाने बताउँछन् । नेपालमा ९८ हजार ५ सय रुपैयाँदेखि दुई लाख ३० हजारसम्म अटोमेटिक कमोड उपलब्ध छन् ।
दुई लाख ३० हजार पर्ने कमोड पूर्ण रुपमा सेन्सरवाला हुन्छ । ग्राहकले अर्डर गरेमा आफुले जापानबाट झिकाइदिने न्यौपानेले बताए । यो मूल्यमा फिटिङ, ढुवानी लगायतका शुल्क जोडिएको उनको भनाई छ ।

सुरुमा सौखिन र धनाढ्य वर्गलाई तार्गेट गरी यो ट्वाइलेट भित्राए पनि विस्तारै अनिवार्य हुने विश्वास न्यौपानेको छ । विकसित मुलुकहरुमा यस्तो ट्वाइलेट धेरै प्रयोगमा आइसकेको छ । ‘४/५ वर्षअघि नेपालमा कम्यूटर पनि सौखिन वस्तुमा पथ्यो, अहिले त्यही वस्तु अत्यावश्यक बनेको छ । यो पनि भोलीका दिनमा अत्यावश्यक वस्तु बन्ने छ’ उनले भने ।
यो कमोड चलाउन इलेक्ट्रिक चाहिन्छ । कम पावरबाटै चल्ने हुँदा लोडसेडिङको बेलामा पनि नर्मल इन्भर्टरबाट पनि सजिलै चलाउन सकिने न्यौपाने बताउँछन् । उनका अनुसार यो कमोडले सुरुको ८ देखि १२ मिनेटसम्म ४८ वाट विद्युत खपत गर्छ । त्यसपछि भने ८ देखि १० वाटमात्र खपत गर्ने उनले बताए ।

कसरी काम गर्छ ?
यो कमोडमा एउटा सेन्सर जडान गरिएको छ । जुन सेन्सरले दिश गरिसकेपछि एउटा बटन थिचेको भरमा आफै पानीको फोहोरा फाली फोहोर पखालिदिन्छ । दिशा धोइदिने नोजल लेडिज जेन्स दुबैको एउटै हुन्छ । तर, लेडिजहरुका लागि पिसाव गरेपछि सफा गरिदिने छुट्टै नोजल समेत रहेको हुन्छ ।
आवश्यकता अनुसार कमोडको सिट कभर तताउन सकिन्छ । बटन थिचेर नै आवश्यकता अनुसार पानी तातो चिसो बनाउन सकिन्छ । यतिमात्र होइन, तातो हावा फालेर पानीले भिजेका शरीरका अङ्गहरु सुख्खा पार्ने प्रविधि पनि यसमा जडान गरिएको छ ।
यसमा म्युजिक समेत सुन्दै दिशा बस्न सकिन्छ । यसका लागि पेनड्राइभ वा हार्ड डिस्कको प्रयोग गर्नुपर्ने हुन्छ । गीत संगीतको मज्जा लिँदै ट्वाइलेट बस्दा मन आनन्दित हुने न्यौपाने बताउँछन् ।

कमोडमा ड्यासबोर्ड रहेको छ । दाहिनेतर्फ रहेको ड्यासबोर्डमा पानीको फोहोरा स्टप गरिदिने बटन, स्प्रे गरिदिने बटन, पानीको स्पिड बढाउने घटाउने बटन, लेडिजका लागि छुट्टै बटन, सिट तातो चिसो बनाउने बटन, पानी चिसो तातो बनाउने बटन, नोजल सफा गरिदिने बटन लगायत रहेका छन् ।
आफै दिशा धोइदिने हुँदा यो ट्वाइलेट खासगरी बुढाबुढी, अपाङ्ग, बालबालिका, पायल्स रोगी तथा मलद्धार सम्बन्धी रोगीहरु लगायतका लागि धेरै उपयोगी रहेको न्यौपानले बताए ।
कम्पनीले यो कमोडको निःशुल्क डेलिभरी व्यवस्था गरेको छ । साथै यो ट्वाइलेटमा १ वर्षको वारेन्टी समेत प्रदान गरिएको छ ।

दिशा धोइदिने अटोमेटिक ट्वाइलेट नेपाली बजारमा Reviewed by a on 11:10 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.