कपालमा तेल लगउनुका यी फाइदा ; जानी राखौ !!
पालमा नियमित तेल लगाउँदा फाइदा हुन्छ की बेफाइदा ? यो प्रश्न धरैले गर्छन । नियमित तेल लगाउँदा कपाल चिपचिप हुने , धुलो टाँसियर चिलाउने र झर्ने समस्या निम्तिन सक्छ ।
सँधै तेल लगाउने ,तर कपाल नपखाल्ने गर्दा यस्तो समस्या हुन्छ , बेफाइदा भनको यही मात्रै हो । तर, बिहान तेल लगाएको कपाल हरेक दिन बेलुका नुहाएर पखाल्दा कुनै बेफाइदा हुँदैन । मनतातो पानीले नुहाउँदा तेलको चिपचिप र तेलमा टाँसिएको सवै फोहर पखालिन्छ । नियमित तेल मसाजले कपालमा फाइदैफाइदा पुर्याउँछ
यी हुन फाइदा रुखो हुँदैन कपाल निकै रुखो छ भने हरेक दिन तेल लगाउँदा पोषण प्राप्त हुन्छ । कपालले पोषण पाएपछि रुखोपन हट्छ ।
नरम र चमक तेलले राम्रोसँग मसाज गर्दा कपालमा एक प्रकारको तैलीय पदार्थ आउँछ । यो पदार्थले कपाल नरम र चमकदार बनाउँछ । कपालमा तेल मसाजले टाउकोमा रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । टाउकाको छाला पनि चाया रहित हुन्छ । प्रदुषणबाट बचाउने तेल लगाएको कपालमा फोहर सिधै जरासम्म पुग्न पाउँदैन । कपालमा टाँसिएको फोहर बेलुका नहाउँदा तेलसँगै बाहिरिन्छ । सुर्यको विकिरणले कपालमा पार्ने असर कम गर्न पनि तेलको भुमिका हुन्छ ।
फुल्नबाट बचाउने नियमित तेल लगाउँदा कपाल चाँडो फुल्दैन । हरेक दिन १० मिनेट सम्म तेल लगाएर कपाल मसाज गर्दा जरासम्म पोषण पुग्छ । चया भगाउँछ कपालमा धरै चाया हुनेका मतलब हो कि छाला निकै रुखो छ ।
तेलले नियमित मसाज गर्दा रुखोपन हट्छ र चाया हराउँछ । बलियो र लामो तेल लगउँदा कपालमा आवस्यक प्रोटिन मिल्छ । यसले कपाललाई बलियो र लामो बनउँछ । बदाम , अमला, सस्र्युको तेलले कपाललाई बलियो र लामो बनाउन मद्धत गर्छ ।
Reviewed by a
on
10:58 AM
Rating:
No comments: