Top Ad unit 728 × 90

a
Ad Inside Post

डिग्रीलाई १० लाख, स्नातकलाई ७ लाख र प्लस टुलाई ५ लाख

काठमाडौं : सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउनु पर्ने माग राखेका छन् । अवसर र लगानीको अभावमा दक्ष जनशक्ति विदेश पलायन भएको भन्दै अनेरास्ववियुले प्रमाणपत्र धितो राखेर ऋण पाउनु पर्ने माग राखेको हो ।

सिंहदरबारमा सोमबार अर्थमन्त्री विष्णु पौडेल ज्ञापनपत्र बुझाउदैं अनेरास्ववियुले आगमी बजेटमा यस्तो प्रबन्ध गर्न माग राखिएको अध्यक्ष नविना लामाले नयाँ पेजलाई बताईन् । स्नातकोत्तर तह उत्र्तीण गरेकालाई रु दश लाख, स्नातक उत्र्तीण गरेकालाई रु ७ लाख र प्लस टु गरेकालाई रु पाँच लाख उपलब्ध गराउन माग राखिएको उनले जानकारी दिइन् । उनले भनिन्,‘यदि यसो गरि दक्ष जनशक्ति नेपालमै बस्नेछन् । र, मुलुक निर्माणमा सहभागी हुनेछन् ।’

शैक्षिक प्रमाण पत्र राखेर धितो पाउने व्याबस्था जसरी पनि गराउने उनको अठोट छ । उनले भनिन्,‘हामी जसरी पनि यो अभियानलाई जसै सफल बनाउनेछौं ।’ यो अभियानको लागि सबै पक्षसँग समन्वय र छलफल गरिने उनको भनाई छ ।

अनेरास्ववियुले आगामी बजेटमा कम्तिमा पनि २५ प्रतिशत बजेट शिक्षामा छुट्याउन माग पनि गरेको सचिव आरसी लामीछानेले बताए । दक्ष जनशत्ति विना मुलुकको समृद्धि सम्भव नरहेको भन्दै उनले समृद्धिको लागि शिक्षामा लगानी आबश्यक भएको बताए ।
अर्थमन्त्री पौडेलले ज्ञापनपत्र बुझ्दै अनेरास्ववियुको माग सकारात्मक भएको बताए । उनले कार्यान्वयन गर्न पहल गर्ने जानकारी दिएको महासचिव ऐन महरले जानकारी दिए । नयापेज बाट साभार |

डिग्रीलाई १० लाख, स्नातकलाई ७ लाख र प्लस टुलाई ५ लाख Reviewed by a on 11:12 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.