मध्यराती सिके राउतलाई बोलाएर बाबुरामले दिए देश टुक्राउने अभियानमा सहयोगको प्रतिबद्धता
काठमाडौं, २९ चैत । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीके राउतलाई आफ्नै निवासमा बोलाएर दुई साताअघि कुराकानी गरेका छन् ।
तराईमा सीके राउतको गतिविधि बडिरहेको र प्रहरी प्रशासनले उनलाई केही गर्न नसकेको निष्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएकै साता भट्टराईले राउतलाई भेटेका हुन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माका ज्वाइँ शुभशंकर कँडेलको टेलिभिजन एबीसीमा अन्तर्वार्ता दिएकै दिन राउतले नयाँ शक्ति नेपालका संयोजक भट्टराईलाई सानेपास्थित उनको निवासमै गएर भेटेका हुन् ।
राउतले भट्टराई निवासमा राति एक घन्टा बिताएको रिपोर्ट प्रधानमन्त्री केपी ओलीकहाँ पुगेको छ ।
बाबुराम संविधानसभाको संवाद समितिको संयोजक हुँदा विधिवत रुपमा राउतलाई बोलाएर देश विखण्डनको एजेन्डालाई पनि छलफलका क्रममा दर्ज गराएका थिए । त्यसले तराईमा राउतको गतिविधि बढाउन मलजल गरेको थियो ।
त्यसो त, बाबुरामको भारतमा जुन सम्पर्क सूत्र थियो, त्यसैले राउतलाई एक महिनाअघि दिल्ली बोलाएर मेजमानी दिएको स्रोतले बताएको छ ।
बाबुरामले भेटका क्रममा देश विखण्डन गर्ने राउतको अभियानलाई प्रत्यक्ष सहयोग गर्न नसक्ने दुःखेसो पोखेका थिए ।
तर उनले मधेसका जनताले अर्को देश माग्छन् भने त्यसमा आफ्नो भन्नु केही नहुने भन्दै त्यसबेला राउतलाई समर्थन दिने भनेका थिए ।
 
        Reviewed by a
        on 
        
7:59 PM
 
        Rating: 
 
No comments: