Top Ad unit 728 × 90

a
Ad Inside Post

गर्मीका बेला स्वस्थ रहन के के कुरामा ध्यान दिने ?

काठमाडौँ – यतिखेर गर्मी मौसम सुरु भइसकेको छ । खुम्चिएर रहेका किटाणुहरु अब विस्तारै सल्वलाउन सक्छन् । सरुवा रोग तथा महामारीको सम्भावना यहि समयमा हुने गर्छ । यतिवेला पहाडी क्षेत्रमा गर्मी कम देखिएपनि
तराई क्षेत्रमा गर्मी बढी सकेको छ ।

कतिपय स्थानमा लामखुट्टेको प्रकोप समेत देखिन थालेको छ । यसले कतिपय क्षेत्रमा सरुवा रोगको जोखिम बढाउछ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीको बेला गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले अत्यधिक गर्मीका कारण आम सर्वसाधारणहरुमा उच्च ज्वरो आउन सक्ने, चक्कर लाग्ने , वेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै त्यसबाट सचेत रहन आग्रह गरेका छन् ।

उनले गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महसुस हुने, अत्यधिक गर्मीले बान्ता आउने टाउको दुख्ने तथा झाडापखला जस्ता लक्षणहरु देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् । अत्यधिक गर्मीमा के गर्नु पर्दछ ? – २४ घण्टामा ४-५ लिटर र पानी वा अन्य झोल पदार्थ जस्तै जीवनजल, तरकारी, दालको झोल पिउनु पर्दछ । २४ घण्टामा हरेक स्वास्थ्य व्यक्तिले कम्तीमा १ लिटर पिसाव फेर्नु पर्दछ ।

– अत्यधिक गर्मीको समयमा खेत बारीमा काम गर्नु वा कडा व्यायाम गर्नु हुदैन । खेत बारीमा काम गर्नेले पनि विहान बेलुकाको समयमा काम गर्ने र दिउसो शितल ठाउमा बस्नु पर्दछ । – ‘लु ’ अर्थात तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनु हुदैन , घर भित्र बस्नु पर्दछ । – अत्यधिक गर्मी समयमा जरुरी कामले बाहिर निस्कनु पर्दा छाता ओढ्ने र कालो चस्मा लगाउने गर्नु पर्दछ ।

– साना बालबालिकाहरु , अशक्त, बृद्ध व्यक्तिहरु, पुरानो रोग भै औषधि सेवन गरी रहेका व्यक्तिहरु, ज्वरो आएका विरामीहरु, धेरै मोटा व्यक्तिहरु गर्मीका कारणले स्वास्थ्य जोखिममा पर्न सक्ने हुदा उनीहरुको स्वास्थ्यमा विशेष ध्यान पु¥याउनुपर्छ । – गर्मी समयमा पुरै शरीर ढाकिने गरी खुकुलो र हल्का रंगका लुगा लगाउने गर्नु पर्दछ । – अत्यधिक गर्मी भएको कारणले केही गम्भीर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा लगि सल्लाह लिनु पर्दछ ।

के गर्नु हुदैन ? – रक्सी खानु हुदैन , यसले झन जल वियोजन वा पानीको कमी गराउछ । –धेरै गुलिया खानेकुरा खानु हुदैन, यसबाट पनि शरीरमा झन गर्मी उत्पन्न हुन सक्दछ । – बालबालिका र शिशुहरुलाई तोरीको तेल वा अन्य यस्तै तेल लगाउनु हुदैन , यसबाट पसिना कम निस्कन गै झन गर्मी हुन सक्दछ । – धेरै गह्रौ काम वा कडा व्यायम गर्नु हुद

गर्मीका बेला स्वस्थ रहन के के कुरामा ध्यान दिने ? Reviewed by a on 6:06 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.