Top Ad unit 728 × 90

a
Ad Inside Post

पनामा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

विश्वभर एकसाथ तरंग ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम बुधबार सार्वजनिक भएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

खोजी पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे)ले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ।
को-को हुन् १३ नेपाली?
आईसीआईजेले सार्वजनिक गरेका मध्ये सिद्धि भवन कान्तिपथका विजेन्द्र जोशीको पहिलो स्थानमा नाम उल्लेख गरिएको छ भने उनले वल्र्ड डिस्ट्रिव्युसन नेपाल प्रालि कम्पनी ट्याक्स हेभनमा दर्ता गराएको जनाइएको छ।

त्यस्तै विराटनगर ९, मोरङका विजेशकुमार तोडी अग्रवालले भने उडस्टोक युनिभर्सल लिमिटेड कम्पनी दर्ता गरी कर छल्ने नियतले लगानी गरिरहेको देखिएको छ ।
यसै प्रकरणसँग जोडिएका अर्का नेपाली सिद्धि भवन कान्तिपथ बस्ने बिमलकाजी ताम्राकार हुन्। उनले हिमालय इन्भेस्टमेन्ट गु्रप लिमिटेड र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालि नाम गरेका दुई कम्पनीमार्फत कर छली गरी लगानी गरेको जनाइएको छ।

त्यस्तै ठैब-७ ललितपुरकी बिनु श्रेष्ठ पनि यस प्रकरणमा जोडिएकी छिन्। उनले बेलउड एक्रेस लिमिटेड कम्पनीमार्फत कर छलीको हर्कत गरेकी हुन्। अर्का सिद्धिसदन नेपालटार बालाजु बस्ने विश्ववरसिंह थापाले हिमालयन इन्भेस्टमेन्ट ग्रुप लिमिटेड, सिद्धिभवन कान्त्पिथका विश्वधर तुलाधरले वल्र्ड डिस्ट्रिब्इसन नेपाल प्रालि र हिमालयन इन्भेस्टमेन्ट गु्रप लिमिटेट दुई कम्पनीमार्फत कर छली गर्न लगानी गरेको आईसीआईजेले दाबी गरेको छ।

इसैगरी ललितपुर उपमहानगरपालिका-२ बस्ने डा. श्यामबहादुर कर्माचार्यले सुर्गी इलेक्ट्रोमिडिका लिमिटेड, विराटनगर ९ मोरङका हरिशकुमार तोडङ्गीले उडस्टोक युनिभर्सल लिमिटेड दर्ता गरेको उल्लख छ। यस्तै प्राध्यापक सत्येन्द्रकुमार गुप्ता र राजेन्द्रकुमार काब्राको भने आईसीआईजेले ठेगाना र कम्पनी खुलाएको छैन।
चुनदेवी–४ काठमाडौंकी रेनुका प्रधान, शुक्रपथ काठमाडौंकी रेखा काब्रा शिवकुञ्ज बत्तीपुलती ठेगाना उल्लेख गरिएका शशिकान्त अग्रवालको नाम पनि खुलाइएको छ।

कर छल्ने नियतका साथ काम गर्ने नेपालीहरुमा चर्चित पात्र नभएको देखिन्छ। यी व्यक्तिहरु कुन घरानासँग जोडिएका छन् भन्ने विवरण बाहिर आउन बाँकी छ।
सेतोपति बात

पनामा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक (सूचीसहित) Reviewed by a on 6:06 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.