Top Ad unit 728 × 90

a
Ad Inside Post

‘मलेसियामै मर्न लागेँ, लौन घर पठाइदिनुस्’

मलेसियाः ‘काम गर्दा गर्दै मोटरसाइकल दुर्घटनामा परेँ । यहाँ बस्ने अवस्था भएन, घर जान्छु भन्दा कम्पनीले ६ हजार रिङ्गेट मागेको छ, म के गरौँ’, मलेसियाको जोहर राज्यस्थित होराइजन हिलको एक होस्टलमा सुतेका सर्लाही लालबन्दीका हरिप्रसाद चौलागाईँले आफ्नो पीडा सुनाए ।


बडीगार्ड सेक्यरिटी कम्पनीमा २ वर्षदेखि कार्यरत चौलागाईँ मार्च ३० मा मोटरसाइकल दुर्घटनामा परेका हुन् । घाइते बनेका चौलागाईँ अहिले उनी कार्यरत सेक्युरिटी कम्पनीले उपलब्ध गराएको होस्टलमा सुतिरहेका छन् ।


‘छुट्टी सकेर घरबाट आएको एक महिनामै यस्तो दुर्घटनामा परियो’, चौलागाईँले भने, ‘कमाउन आएको झन्डै ज्यान
मोटरसाइकलमा चढेर आवस क्षेत्रमा सुरक्षा दिनुपर्ने उनको काम थियो । कामको सिलसिलामै उनी मार्च ३० मा दुर्घटनामा परे । दुर्घटनामा उनको दाहिने खुट्टामा गहिरो चोट लागेपछि स्टील लगाइएको छ ।
हिँडडुल गर्ने अवस्था छैन । दुर्घटनामा परेपछि उनलाई तत्काल जोहरको सुल्तान अस्पतालमा लगिएपनि एक दिनमै कम्पनीले होस्टलमा फर्काएको थियो ।
‘मैले राम्रो उपचार पनि पाइँन’, चौलगाईँले भने, ‘खुट्टाको अप्रेशनपछि होस्टलमै ल्याइयो ।’ उनका साथीका अनुसार चौलगाईँलाई दिसापिसाव गराउन पनि चारजना साथी चाहिने गरेको छ ।


मलेसियामा राम्रोसँग उपचार नपाएपछि उनी नेपाल फर्कन चाहन्छन् । तर कम्पनीले करिब एक लाख ७५ हजार नेपाली रुपैयाँ जम्मा गरेमात्र नेपाल पठाउन सकिने बताएको छ । उनको घाउ निको हुनुको सट्टा झन बढेर जान थालेको छ । चौलगाईँले मलेसियामै मर्न लागकाले जीवन बचाइदिन आग्रह गरेका छन् ।
करिब दुई लाख नेपाली रुपैयाँ म्यानपावरलाई बुझाएर आएका उनलाई नेपाल फर्कन कम्पनीले त्यति नैै रकम मागेको छ । ‘यत्रो रकम मैले कहाँबाट जुटाउनु’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘लौ न मलाई बचाइदिनुस्, मलेसियामै मर्न लागेँ म ।’


अस्पतालमा समेत राम्रो उपचार हुन नपाइ कम्पनीले कोठामा ल्याएको उनले गुनासो गरे । सबै साथी काममा जाने भएकाले उनको उचित स्याहार नभएको उनीसँगै कार्यरत साथीहरु बताउँछन् । नेपाल पठाउन सकिए उनको स्वास्थ्यमा सुधार आउनसक्ने उनका साथीहरु बताउँछन् ।
६ हजार रिंगेट तिरेर नेपाल फर्कन नसक्ने बताएका चौलगाईँले यो अवस्थामा सहयोग गरिदिन सरोकारवालासँग आग्रह गरेका छन् ।
कार्यरत अवस्थामा दुर्घटनामा पर्दा बिमा पाउनु पर्ने नियम भएपनि उनी कार्यरत कम्पनीले उल्टै उनको सवारी चालक अनुमतिपत्र नभएकाले बिमा रकम दाबी गर्न नसकिने जनाएको छ ।

बिमा रकमसमेत नपाउने भएपछि नेपाल फर्किने चिन्ताले उनलाई पिरोलेको छ । ‘नेपाली दूतावाससँग आश राखेको छु, सहयोग गर्ला कि?’, उनले ओछ्यानबाटै झिनो आशा व्यक्त गर्दै भने, ‘मलाई यहाँबाट घर पठाइदिनुस, उतै गएर ज्यान बचाउँछु ।’

‘मलेसियामै मर्न लागेँ, लौन घर पठाइदिनुस्’ Reviewed by a on 7:12 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.