ओठ माथि रौँ पलाएर दिक्क हुनुभएकोछ ? घरेलु तरीकाले हटाउनुहोस्
पछिल्लो समयका युवतीहरु सुन्दर देखिनको लागि अनेकन उपायहरु अपनाईरहेका हुन्छन् । सुन्दर युवतीहरुलाई पनि माथिल्लो ओठमाथि आउने रौँले तनाब दिएको हुन्छ । हार्मोन अथवा वंशाणुगत कारणले महिलाहरूको ओठमा बाक्लौ रौँ पलाउन सक्छ । ओठमाथि रौँ आएर दिक्क भएका महिलाले घर बसी–बसी त्यस्ता अनावश्यक रौँबाट यसरी छुटकारा पाउन सक्छन्ः
दूध र बेसार
एक चम्चा बेसार र एक चम्चा दूध मिसाउने । यसलाई औँलाको सहयोगले बिस्तारै रौँ पलाएको ठाउँमा दल्ने र सुक्न दिने । सुकेपछि रगड्ने र अन्त्यमा चिसो पानीले मुख धुने । यसो गर्नाले रौँ कम हुन्छ ।
अण्डा र चिनी
अण्डाको सेतो भागमा मकैको पिठो र अलिकति चिनी मिसाई लेप बनाउने र रौँ आएको ठाउँमा दल्ने । पेस्टलाई सुक्न दिने र आधा घण्टापछि बिस्तारै हटाउने ।
बेसन र बेसार
एक चम्चा बेसन र एक चम्चा बेसारमा अलिकति दूध मिसाएर पेस्ट बनाई रौँ पलाएको ठाउँमा दल्ने र सुकेपछि स्क्रब गरी हटाउनाले रौँ कम हुन्छ ।
चिनी र कागती
चिनीलाई एउटा प्यानमा एक मिनेटसम्म तताउने र यसमा कागतीको रस मिसाएर लेप बन्ने गरी पिस्ने ।
यसरी बनेको लेपलाई चिसो भएपछि रौँ पलाएको ठाउँमा दल्ने र सुकिसकेपछि ‘सर्कुलर मोसन’मा बिस्तारै रगड्ने । रौँ कम हुन्छ ।
Reviewed by a
on
11:24 AM
Rating:
No comments: