रोनाल्डोलाई भगवानको आशिर्वाद : पेपे
चैत ३० – स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर पेपेले टिमका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो भगवानको आशिर्वाद प्राप्त व्यक्ति भएको बताएका छन् । रोनाल्डो अहिलेसम्म कै उत्कृष्ट खेलाडी रहेको उनले बताए । रोनाल्डोले खेल जीवनमा अरु सबैले भन्दा उत्कृष्ट र उज्ज्वल बिताएको र अब आउने वर्षमा पनि उनी अरु भन्दा उज्ज्वल रहेने पेपेको भनाई छ ।
पोर्चुगिज फुटबल फेडरेशन एफपिएफसँगको अन्तर्वातको क्रममा पेपेले रोनाल्डोसँग अलौकिक क्षमता रहेको बताएका हुन् । उनले भने ‘रोनाल्डो निकै भिन्न छन्, उनी भगवानको आर्शिवाद प्राप्त व्यक्ति हुन् । उनी फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् ।’ रोनाल्डो एक असल तथा परिश्रमी व्यक्ति रहेको र उनको आउने वर्षहरु अरुको भन्दा निकै उज्यालो रहेको उनले बताए । तीन पटकसम्म फिफा बालोन डी’ओर जितेका रोनाल्डोले यो सिजन रियल मड्रिडबाट ४१ खेलमा ४३ गोल गरेका छन् ।
गएको शनिबार एइबरसँगको खेलमा एक गोल गरेका रोनाल्डोले यो सिजन ला लिगामा ३० गोल पूरा गर्दै लगातार ६ सिजन ३० वा त्यो भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
Reviewed by a
on
11:26 AM
Rating:
No comments: