शिक्षक नक्कली परीक्षार्थी, चीट चोराउने नक्कली पत्रकार
गौरः रौतहटमा साथीको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी र केन्द्रमा चिट पुर्याइरहेका नक्कली पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको शारदा उच्च मावि कोपवापिपरीया केन्द्रमा सरोजकुमार यादवको परीक्षा दिइरहेका स्थानीय गोल्डेन फ्यूचर बोडिङ्ग स्कुलका शिक्षक मेनेजर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
ब्रम्हज्योती उच्च मावि लौकाहाका विधार्थी सरोज यादवको परीक्षा अर्कै व्यक्तिले दिइरहेको सूचनाको आधारमा यादवलाई पक्राउ गरीएको प्रहरीले जानएको छ ।
यस्तै झुनखुनुवा मावि केन्द्रमा परीक्षा दिइरहेका भाइलाई चिट पुर्याइरहेका नक्कली पत्रकार विकासकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको राजदेवी मिडिया प्रालिको परीचय पत्र बोकेर यादवले भाइलाई चीट ल्याउने गरेको थाहा पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख गणेश रेग्मीले जनाकारी दिए ।
राजदेवी मिडियाका संचालक रामपुकार राउतले आफूले सो व्यक्तिको नाममा परिचय पत्र जारी नगरेकाले नक्कली परिचय पत्र बनाएको हुनसक्ने बताए ।
पक्राउ परेका नक्कली परीक्षार्थीलाई जिल्ला परीक्षा समन्वय समितीको निर्णय अनुसार कार्वाही हुने बताइएको छ । नक्कली पत्रकारलाइ सार्वजनिक ऐन अन्र्तगत कार्वाही गरिने रौतहटका प्रहरी प्रमुख रेग्मीको भनाइ छ ।
- अन्नपूर्ण पोस्ट्
Reviewed by a
on
6:07 AM
Rating:
No comments: