Top Ad unit 728 × 90

a
Ad Inside Post

अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर

अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर
प्रविधिको विकाश यति तिव्र गतिमा हुँदैछ की अब कागजको पासपोर्ट एकादेशको कथा बन्दैछ ।
बेलायतको एउटा कम्पनी एक नविनतम प्रविधिको खोजमा जुटिरहेको छ जसले कागजी पासपोर्टको युग अन्त्य गरिदिनेछ र अध्यागमनमा पासपोर्टको साटो आफुले बोकेको मोबाइलले नै काम चल्नेछ ।

विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक तथा बेलायतको बैंकनोट मुद्रण गर्ने कम्पनी डे ला रोएले स्मार्टफोनमै पासपोर्ट इम्बेेड गर्ने योजनाको घोषणा गरेको छ ।
passport of nepalदी टाइम्सले कम्पनीका प्रमुख कार्यकारीको हवाला दिँदै अध्यागमन नियन्त्रणमा समेत काम लाग्ने मोबाइल फोनमा आधारित सुरक्षित सूचना प्रणाली विकाश गर्ने परियोजनामा कम्पनीले काम सुरु गरिसकेको छ ।
सूचना प्रविधिको वर्तमान युगमा सायद एउटा मात्र गैर डिजिटल अर्थात् कागजी डकुमेन्ट भनेकै पासपोर्ट बाँकी छ । एयरलाइन्स टिकेट पनि प्रत्यक्ष रुपमा मोबाइल फोनमै उपलब्ध हुने भैसकेको छ ।

अहिले पासपोर्टको पहिचान प्रणालीलाई डिजिटल स्वरुपमा ढाल्ने र सरकारबाट यसको स्विकृति प्राप्त गर्नु कम्पनीका लागि सबैभन्दा महत्वपूर्ण छ ।
स्मरण रहोस् अमेरिकाको मियामी तथा एटलान्टामा मोबाइलमा आधारित इमिग्रेसन क्लियरेन्स सिस्टम परीक्षणका रुपमा लागु गरिसकिएको छ । जस अनुसार यात्रुहरुले आफ्नो भन्सार सूचना हाल्नका लागि फोनको प्रयोग गर्न सक्दछन् ।
तर कागजवीहिन पासपोर्टको विकाश गर्ने कुरा अझै निकै सुरुवाती अवस्थामा रहेको र तत्कालै यसले मूर्तरुप पाउन भने कठिन भएको डे ला रोए कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्टिन सुदरल्याण्डको भनाई छ ।

अब बोक्नुपर्नेछैन पासपोर्ट, मोबाइल बोकेरै विदेश सयर Reviewed by a on 6:04 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.