Top Ad unit 728 × 90

a
Ad Inside Post

‘अलच्छिना’ भनेर आमाबुबाले छाडेका यी बालक, जसको जीवनकथाले संसारलाई धुरूधुरू रूवायाे ….

चैत्र १९,
एजेन्सी– यी बालकको लागि एक थोपा पानी र कर्ममार्फत यी ममतामयी महिलाले देखाएको महानताको तस्वीर केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बन्दै आइरहेको छ ।
दयालाग्दो र तिर्खाएको स्थितिमा संसारलाई रुवाउने यी बालक अफ्रिकी मुलुक नाइजेरियाका हुन् । गरिबी र द्धन्द्धमा पिल्सिएको मुलुक नाइजेरियामा रहेका यी बालकका आमाबाबुले गरिबीकै कारण हुनसक्छ, उनलाई हेला गरेर सडकमा छाडिदिए ।

बालकका बाबुआमाले उसलाई परिवारको ‘अलछिना र भुताहा’ भनेर उसलाई हेरबिचार गर्न छाडिदिएपछि उनको सडकमा यो हबिगत भयो । कहिलेकाही सडकमा फालेका अस्वस्थकर खानेकुराले पेट भर्दै सडक पेटीमा कुकुर सरहको जीवन जिइरहेका यिनलाई न त सर्वव्यापी ज्ञान थियो, न त जीवन कसरी जिउने भन्ने परिकल्पना नै थियो ।

सौभाग्यवस, यी बालकको अगाडि एकजना विदेशी महिला देवी बनेर देखा परिन् । उनले पहिलोपटक सडकमा बालकलाई भेट्ने वितिक्कै पानी पिलाइरहेको दृष्य हामी तस्वीरमा देख्न सक्छौ । उनले ती बालकलाई सडकबाट टिपिन् र आफुले हेरचाह गर्न थालिन् । सडकमा बडो दयनीय अवस्थामा भेटेर करिब दुई महिना पालनपोषन गरेपछि बालकको शारीरिक संरचनामा पूरै परिवर्तन आएको छ ।

दुई महिनाअघिको तस्वीर र पछिको तस्वीरलाई पत्याउन गाह्रो पर्छ तर विश्व प्रसिद्ध सञ्चारमाध्याम डेल्ली मेलले यो तथ्यलाई बाहिर ल्याइदिएको छ ।सडक पेटीमा रोएर बसेका यस्ता बालकहरु धेरै छन्, तर तिनको उद्धारमा चासो दिने व्यक्ति र सम्बन्धित संघ–संस्थाहरुले प्रभावकारी ढंगले काम नगर्दा मानवजातिको उज्जल भविश्यको रुपमा रहेका बालबालिकाहरुको यो हविगत देख्नुपरिरहेको छ ।
असाहय दुःख भोगेर जीवन बिताइरहेका ती बालकका अगाडि देवदूतको रुपमा देखा परेकी ती महिलाको बारेमा स्पष्ट पहिचान बाहिर आइनसके पनि यो कारुणिक यथार्थताको तस्वीर र कर्मले संसारका मिडियाहरुको ध्यान तानिरहेको छ ।
- पुर्बेलीन्युज

‘अलच्छिना’ भनेर आमाबुबाले छाडेका यी बालक, जसको जीवनकथाले संसारलाई धुरूधुरू रूवायाे …. Reviewed by a on 7:24 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.