Top Ad unit 728 × 90

a
Ad Inside Post

आँखामा हुने थकान तथा दुखाईलाई कम गर्नका लागि अपनाउनुहोस यी उपाय

वातावरणीय प्रदूषण, धेरै समय स्क्रिनमा बसेर काम गर्नु, कम समय सुत्नु, शरीरमा पानीको मात्रा कम हुनु तथा विभिन्न रोकका औषधि धेरै प्रयोग गर्दा आँखा दुख्ने तथा पोल्ने र थकान महशुस हुने समस्या हुन्छ ।
आँखामा हुने सानो समस्या तथा थोरै दुखाईले पनि हामीले गर्ने दैनिक काममा धेरै असर पर्दछ । त्यसैले बढ्दो गर्मीसँगै तपाईंले यी घरेलु उपायको प्रयोग गरी आँखाको हेरचाह गर्नसक्नुहुनेछ ।

काँक्राको प्रयोग
आँखामा हुने थकान तथा दुखाईलाई कम गर्नका लागि काँक्राको प्रयोग गर्नु उपयुक्त हुन्छ । जसले दुखाई कम गरेर आँखालाई चिसो राख्छ ।

काँक्राका मसिना मसिना टुक्रा काटेर फ्रिजमा राख्नुहोस । केही समयपछि उक्त टुक्रालाई आँखामा राखेर केहीसमय सुत्नुहोस् । तपाईंको पीडा हल हुन्छ । यो सबैभन्दा सजिलो उपाय हुन्छ ।
अण्डीको तेल
आँखा सुख्खा भएर हुने समस्या समाधान गर्न अण्डीको तेल उपयुक्त हुन्छ । तेलमा एक कपास चोबेर आँखा बन्द गरी बाहिर राख्नु भयो भने तपाईंलाई आनन्द मिल्नेछ ।
औलामा अण्डीको तेल राखेर तपाईं मसाज पनि गर्न सक्नुहुनेछ ।

गुलाब जल
आँखाको थकान हटाउन गुलाव जलको प्रयोग पनि उपयुक्त हुन्छ । गुलाबजलमा कपास डुबाएर त्यसलाई आँखामा राख्न सक्नुहुनेछ । केही बेर गुलाब जल आँखामा लगाएर सुत्नुभयो भने आँखा सफा हुनुका साथै थकान हराउने छ ।
चिसो दूध
चिसो दूधले आँखा सफा गर्नु पनि उपयुक्त हुन्छ । दूधमा रहेका तत्वहरुले आँखालाई विभिन्न रोगको संक्रमणबाट जोगाउनुका साथै थकान हटाउन मद्दत गर्नेछ ।

चिसो दूधले मसाज गर्दा मुहारलाई सफा गर्नुका साथै आँखाका लागि पनि लाभदायक हुन्छ ।
काँचो आलु
आँखाको दुखाई, थकान तथा कोल्टस्टोर (आँखीभौको मुनि पट्टी भएको कालो) हटाउन काँचो आलुको प्रयोग गर्नु राम्रो हुन्छ

काँक्रोजस्तै आलुका पनि सानासाना टुक्रा काटेर केहीसमय फ्रिजमा राखेर चिसो भएपछि ओछ्यानमा सुतेर आँखामा आलुका टुक्रा राख्दा राम्रो हुन्छ ।

आँखामा हुने थकान तथा दुखाईलाई कम गर्नका लागि अपनाउनुहोस यी उपाय Reviewed by a on 9:03 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.