Top Ad unit 728 × 90

a
Ad Inside Post

नयाँ आईफोनमा पुरानै फिचर कपी पेस्ट

काठमाडौं , एप्पलले भर्खरै सावर्जनिक गरेको सस्तो भर्सनको आईफोन एसईमा पुरानै फिचरहरु कपी पेस्ट गरिएको एक रिसर्चले खुलासा गरेको छ।


टियर डाउन रिसर्च फर्मले गरको रिसर्चका क्रममा नयाँ आईफोनमा अधिकांश फिचरहरु पुरानै आईफोनबाट कपी पेस्ट गरेको भेटिएको हो।
अनुसन्धानमा आईफोन एसईको बनावट सन् २०१३ मा एप्पले ल्याएको आईफोन फाइभ एस जस्तै दुरुस्त रहेको छ।
पुरानै फिचर कपी गरेर पेस्ट गरि तयार पारिएको १६ जीबी स्टोरेज क्षमताको आईफोन एसईको मूल्य १६० डलर राखिएको छ।

आईफोन एसईको स्क्रिन रेजुलेशनदेखि डिस्पलेसम्म आईफोन फाइभ एसबाटै हुबहु कपी पेस्ट गरेको पाइएको छ। यसमा नयाँपन भनेको आकारमात्र हो।
आईफोन एसईमा रेडियो फ्रिक्वेन्सी कम्पोनेन्टको प्रयोग एलटीई कनेक्टिभिटीसँग गरिएको छ। यो सुविधा आईफोन सिक्समा पहिलेदेखि नै थियो।
आईफोन एसई र आईफोन 6 दुबैको प्राइमरी क्यामेरा १२ मेगा पिक्सेलको छ। यी दुबै फोनको क्यामेरालाई यूएचडी सुटिङ गर्ने गरि बनाइएको छ।
आईफोन एसईको किनबेच ८ अप्रिलदेखि विश्वव्यापीरुपमा हुँदैछ। एप्पपले भर्खरै भारतीय बजारमा ल्याएको १६ जीबीको आईफोन एसईलाई बनाउन १० हजार ७ सय भारतीय रुपैयाँ

तर, भारतमा यसको बजार मूल्य ३९ हजार भारु राखिएको छ। अर्कातिर ६४ जीबीको आईफोनको मूल्य ४९ हजार भारु छ। जुन निर्माण खर्चको हिसाबले भारतीय बजारमा चार गुणा महंगो हो।
- एजेन्सीको सहयोगमा

नयाँ आईफोनमा पुरानै फिचर कपी पेस्ट Reviewed by a on 8:26 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.