Top Ad unit 728 × 90

a
Ad Inside Post

फ्रान्समा सेक्सका लागि पैसा तिर्न प्रतिबन्ध

पेरिस—महिलाको जीवन सुखी र व्यवस्थित पार्न फ्रान्सको संसदले वेश्यावृत्ति निरुत्साहित गर्ने कानुन पारित गरेको छ। संसदले हालै पारित गरेको सो कानुनको व्यवस्थाअनुसार अब सेक्सका लागि फ्रान्समा पैसा दिनु गैरकानुनी हुनेछ। यौन सम्पर्क गरेबापत् दिए कारवाही हुनेछ।
नयाँ कानुनअनुसार यौन सम्पर्क राखेर पैसा दिने व्यक्तिले ३७५० युरो अर्थात् ४ लाख ५६ हजार नेपाली रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। पहिलो पटक पक्राउ पर्नेले १५०० युरो जरिवाना तिराउने व्यवस्था गरिएको छ। यदि दोस्रो पटक पनि कसैले यो कानुन उल्लंघन गरेको पाइएमा जरिवाना रकम पनि बढ्नेछ।
नयाँ कानुनले सन् २००३ को कानुलाई विस्थापित गर्नेछ।
यौन सम्पर्क गरेर पैसा असुलेको अभियोगमा पक्राउ परेकाहरुलाई वेश्यावृत्ति जागरुकताको कोर्स सञ्चालन गर्ने तयारी फ्रान्सले गरेको छ। त्यो कक्षा नेपालमा मदिरा पिएर सवारी चलाउँदा पक्राउ पर्नेहरुलाइ दिइने कक्षा जस्तै चेतनामूलक हुनेछ।
फ्रान्सेली सरकारले यो कानुनले विदेशी दलालको नेटवर्क तोड्ने तथा यौन व्यवसाय छोड्न चाहने महिलालाई मद्दत गर्न ल्याएको उल्लेख गरेको छ। संसदमा विवादित बनेको यो विषय फ्रान्सको संसदबाट पारित हुन दुई वर्ष लागेको छ। विधेयकलाई लिएर फ्रान्समा ठूलो विवाद भएको थियो। यसबारेमा फ्रान्सक सदनहरु नेशनल एसेम्बली तथा सिनेटबीच मतभेद देखिएको छ।
यो विधेयकमाथि अन्तिम बहस भइरहँदा यौनकर्मीहरुले पेरिसस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए। यो कानुनले फ्रान्सका करिब ३० देखि ४० हजार यौनकर्मीको व्यवसायलाई असर पर्ने बताइएको छ।
कानुनले फ्रान्समा देहव्यापार गर्दै आएका महिलाले परिवर्तन हुन चाहेमा बसोबासका लागि अस्थायी परमिट प्रदान गर्नेछ। फ्रान्समा ८५ प्रतिशत यौनकर्मी देहव्यापार गराउने गिरोहको शिकार बन्दै आएको सरकारी तथ्यांक छ। यो कानुनले यसलाई रोक्न मद्दत पुग्ने विश्वास सांसदहरुको छ।
फ्रान्सको गृह मन्त्रालयकाअनुसार त्यहाँ ८०–९० प्रतिशत यौनकर्मी विदेशी छन्। यी मध्ये अधिकांश देह व्यापार गराउने गिरोहको शिकार बन्दै आएका छन्।
यसअघि युरोपको अर्को मुलुक स्वीडेनले यौनकर्मी बजारका ग्राहकलाई अपराधी ठान्ने कानुन बनाएको थियो। यो कानुन बनेपछि स्वीडेनमा यौनकर्मी महिलाको संख्यामा गिरावट आएको थियो।

फ्रान्समा सेक्सका लागि पैसा तिर्न प्रतिबन्ध Reviewed by a on 8:24 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.