Top Ad unit 728 × 90

a
Ad Inside Post

त्रिवेणी विकासको गुरुयोजना अलपत्र

१२ भदौ, कावासोती । नवलपरासीको त्रिवेणी गाविसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन् । अमचुर खोला व्यवस्थापन समितीले प्रस्तुत गरेको १० वर्षे गुरु योजनालाई बेवास्ता गरिएकाले आन्दोलन गर्ने स्थानीयले चेतावनीसमेत दिएका छन् ।
त्रिवेणी क्षेत्रको विकासको लागि समितिले २०७० सालमा गुरु योजना बनाएको थियो । योजनामा त्रिवेणी-दुम्किवास ४ लेन सडक निर्माण, तटबन्ध निर्माण, व्यवस्थित शवदाह स्थल, संग्रहालय निर्माण, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, पर्यटकहरु विरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने, मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षण स्थल निर्माण लगायतका विषयहरु उल्लेख छन् ।
‘मन्त्रालय र सम्बन्धित कार्यालयहरुमा डेलिकेशन गएको र त्रिवेणी सुस्ता गाविसको १९ औं र २० औं परिषदले समेत १० वर्षे योजना पारित गरिसक्दा पनि चासो दिइएन,’ समितिका श्रीकृष्ण अर्यालले भने, ‘गाविसले उक्त गुरुयोजनालाई तत्काल कार्यान्वयनमा नलगे आन्दोलन गर्न बाध्य हुन्छौं ।’
नवलपरासीको त्रिवेणी धार्मिक एवम् पर्यटकीय महत्व बोकेको क्षेत्र हो । यहाँ नारायणी, पूर्ण भद्र र सोना भद्र नदीको संगमस्थल त्रिवेणीलाई पवित्र तीर्थस्थल मानिन्छ । यहाँ माघे औंसीमा सबैभन्दा ठूलो मेला लाग्दछ । धार्मिक किंवदन्तीअनुसार गोहीले विष्णुको वाहन हात्तीलाई खान खोज्दा विष्णुले सुदर्शन चक्र प्रहार गरी गोहीबाट हात्तीलाई मोक्ष दिलाएकाले त्रिवेणीलाई गजेन्द्रमोक्ष धाम पनि भनिन्छ ।
त्रिवेणीसुस्ता गाविसका पूर्वगाविस उपाध्यक्ष लोकबहादुर थापाले गाविसले तत्काल परिषदबाट पारित गुरुयोजनाअनुसार काम नगरे गाविसमा नागरिकता र पेन्सनपट्टाको सिफारिस बाहेकका अरु काम रोकेर आन्दोलन गर्ने चेतावनी दिए ।
त्रिवेणीमा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि व्यवस्थित होटल तथा लजहरु सञ्चालनमा ल्याउनु पनि आवश्यक छ । यहाँ वाह्य पर्यटक आउँदा बस्नका लागि पर्याप्त होटल पनि छैनन् ।
त्रिवेणी क्षेत्र नारायणी नदीको माछाको लागि पनि प्रख्यात क्षेत्र हो । त्यस्तै यहाँ गण्डक व्यारेज हेर्नका लागि पनि पर्यटकहरु आउने गर्दछन् ।
यसका अलावा त्रिवेणीमा कर्मकाण्डका लागि आवश्यक पर्ने गुरुकुलीय शिक्षा पठनपाठन हुने विद्यालय समेत रहेको छ । यहाँ सिश महल समेत निर्माण गरिएको छ ।
पछिल्लो समय त्रिवेणीमा वाह्य भन्दा आन्तरिक पर्यटक आउने क्रम बढेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
त्रिवेणीबाट डुंगामा नदी पार गरेर चितवन जिल्ला भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको बाल्मिकी आश्रम जान सकिन्छ भने भारतको बाटो प्रयोग गरेर पनि त्रिवेणीबाट बाल्मिकी आश्रम जान सकिन्छ । नेपालको बाटो भएर जानका लागि त्रिवेणीबाट डुंगामा नदी पार गरी आश्रम जान सकिन्छ ।
बाल्मिकी आश्रम पनि धार्मिक एवम् पर्यटकीय महत्व बोकेको क्षेत्र हो । त्यस्तै सांझको समय गण्डक ब्यारेजमा चिसो हावा खान बग्लै आनन्द आउने गर्दछ ।

त्रिवेणी विकासको गुरुयोजना अलपत्र Reviewed by a on 8:31 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.