Top Ad unit 728 × 90

a
Ad Inside Post

अधुरै रह्यो खेम गुरुङको अमेरिकामा कार्यक्रम गर्ने रहर -यसरी सम्झीए देशका चर्चित ब्यक्तीले खेमलाई

गायक खेम गुरुङको निधन भएको छ । चर्चित गीत वारि जमुना पारी जमुना, धरान–पोखरा, आलु तामा, ढाक्रे, जीवन, लगाएतका गीतका गायक खेम गुरुङको बिहीबार साँझ चावहिल स्थित मेडिकियर अस्पतालमा निधन भएको हो ।
गुरुङ्गको जण्डिस बिग्रिएपछि उनी उपचारका लागि मेडिकियर अस्पतालमा भर्ना भएका थिए । परिवारले थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिरहेको बेला उनी आफ्ना लाखौँ श्रोतालाई शून्य बनाएर धर्तीवाट बिदा भएका छन् ।
उनको निधनसँगै देश विदेशमा रहेका उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा दुख व्यक्त गरिरहेका छन् । अमेरिकाको कोलोराडो राज्यमा रहेको नेपाली संस्था नेपाली घरका अध्यक्ष योगराज गौतमले गायक गुरुङ्गको निधनले आफू मर्माहत भएको बताएका छन् । गौतमले गुरुङ्गको निधनवाट देशले एउटा होनाहार गायक गुमाएको बताए ।
गायक खेम गुरुङ्ग निको हुनासाथ अमेरिका जाने तयारीमा थिए । उनको अमेरिकाको भिसा पनि लागिसकेको थियो । नेपाली घर निर्माणका लागि खेम गुरुङ्गले अमेरिकामा कार्यक्रम गर्न जाने निश्चित भई सकेको बेला उनको अचानक भएको निधनले नेपाली घर र अध्यक्ष्य गौतमले गहिरो समवेदना व्यक्त गरेको छन् ।
उनको निधनको खबर पाउनसाथ उनका प्रशंशक र संगीतकर्मीको ठुलो भिड अस्पताल परिसरमा जम्मा भएको छ भने सामाजिक सञ्जाल उनको तस्बिरले भरिएको छ ।
यसरी दुख व्यक्त गरिरहेछन् ,नेपाली संगीतकर्मी, कलाकर्मी सहित्यकार तथा देशका चर्चित व्यक्ति- गायक खेम गुरुङको निधनमा:
-दोहोरी गायक तथा महाबाणिज्यदुत प्रेम राजा महत:
(एउटै गीतले सारा उज्यालो बनाएको थियो, राम्रो मान्छे गयो, दु:ख लाग्यो, राष्ट्रले नै एउटा राम्रो गायक गुमायो ।)
-नायक सरोज खनाल:
(“बारी जमुना पारी जमुना ” सायद यो गीतमा ननाच्ने र नगुनगुनाउने नेपाली कमै होलान् … यो कालजयी गीतका गायक खेमराजलाइ अल्पआयु आज कालले हामी माझबाट चुडेर लग्यो, हार्दिक श्रद्धाञ्जली ,उनको आत्माको चिरशान्तिको कामना गर्दछु !)
-नायक राज बल्लव कोइराला:
(समाचारले स्तभ बनायो । त्यस्तो टेलेन्ट गायक सबै नेपालीले चिनेको यदि छिटो जाँदा नरमाइलो लाग्यो । अझै बचेँको भए उहाँका नयाँ नयाँ गीत सुन्न पाइन्थ्यो । उहाँको आत्माको चिर शान्तिको कामना । )
-गायक राम कृष्ण ढकाल:
मरेपछी गङ्गा जी लाई बाँचे हजुरीलाई……..
बारी जमुना पारी जमुना” नेपाली गीत सङ्गीत जगत कै सर्बप्रिय गीतका गायक प्रिय साथी खेमराज गुरुंगको असामाहिक मृत्युको खबरले स्तब्ध पार्यो! हार्दिक श्रद्दान्जली …
-गायक दिपेश किशोर भट्टराई:
(विश्वास नै लागि रहेको छैन खेम गुरुङ जानु भयो भनेर । दुखी छु, हार्दिक श्रद्दान्जली)
-गायक यम बराल:
एक कुशल गायक असल मित्र प्रति हार्दिक श्रध्दान्जली
-गायक जगदिश समाल:
खेम दाइ हजुरको आत्माको चिर शान्तिको कामना गर्नु बाहेक अरू शब्द छैन आज मसँग ..
-अनुप दास (चर्चित गीतार बाद्यक तथा संगीतकर्मी)
(खेम तिम्रो अभाव सदैव रहिरहेने छ नेपाली सङ्गीत जगत लाई । व्यक्त गर्न नसकिने घटना घट्यो आज तिम्रो आत्माले शान्ति पाओस् मेरो भाइ)
-दिनेश अधिकारी(गीतकार तथा लेखक)
(लोकप्रिय गायक भाइ खेम गुरुङको अप्रत्याशित निधनको खबरले स्तव्ध भएको छु । सम्पूर्ण परिवारजन र साङ्गीतिक मित्रहरुमा समवेदना प्रकट गर्दै खेम भाइको आत्मा- शान्तिको लागि कामना गर्दछु । )
-सरुभक्त (साहित्यकार)
(साह्रै दुखद् समाचार ! वारि जमुना पारि जमुनाका लोकप्रिय गायक खेम गुरुङको मेडिकियर अस्पतालमा साँझ ६ बजे निधन भयो । हार्दिक श्रद्धाञ्जली ! )
-किशोर खड्का (सुदुरपश्चिम पर्यटन अभियन्ता)
(सायद त्यो २०५९ साल हुनुपर्छ, हामी टेस्ट परीक्षाको तयारी गरिरहेका थियौँ । दसैँ ताका ट्युसन जारी थियो । तत्कालीन अवस्थामा बजारमा आक्रामक रूपले प्रवेश गरेको लोकप्रिय गीत बारी जमुना पारी जमुना । हिमाली जिल्लाको बझागंको सदरमुकाम, चैनपुर बजार स्यानो बजार, जहाँ सानो ठाउँमा धेरै कुरा उपलब्ध । ट्युसन क्लास लिदैं गर्दा नजिकैको किराना पसलबाट ठुलो ठुलो स्वरमा बारी जमुना पारी जमुना घन्किएपछी हामी क्लास नसकिदै खुसी भएर बाहिर निस्कन्थ्यौं । माहोल दशैको, गीत कर्णप्रिय, आज तिनै लोकप्रिय गायक खेम गुरुगं रहेनन् । अलबिदा ।)

अधुरै रह्यो खेम गुरुङको अमेरिकामा कार्यक्रम गर्ने रहर -यसरी सम्झीए देशका चर्चित ब्यक्तीले खेमलाई Reviewed by a on 5:55 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.