Top Ad unit 728 × 90

a
Ad Inside Post

उपचार नपाएर दुई दुधे बालिकाको मृत्यु।

हुम्ला, ११ भदौ- जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन् । ती दुबै जनाको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो ।
सो गाविसका स्थानीय बासिन्दा अदानसिंह कार्कीले स्वास्थ्य चौकीमा कुनै पनि औषधि नभएको बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन ।’ वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिएको उनको भनाइ छ ।
उक्त स्वास्थ्य चौकीका अहेब जोर फडेराले स्वास्थ्य चौकीमा बिरामी सङ्ख्या बढ्दै गएको बताउँदै सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षा अगावै सकिएको र थप औषधि ढुवानी नभएको गुनासो गरे ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले भने सो क्षेत्रमा औषधि पठाइसकिएको बताएका छन् । रासस

उपचार नपाएर दुई दुधे बालिकाको मृत्यु। Reviewed by a on 1:45 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.