Top Ad unit 728 × 90

a
Ad Inside Post

बसको टिकट पनि प्रहरीको सुरक्षा घेराबाटै !

भदौ ११ गते-
असुरक्षाका कारण बडिमालिका यातायात व्यवसायी समितिले आफ्नो काउण्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् ।
कानुन बमोजिम निर्वाध रुपमा बससेवा सञ्चालन गर्न पाउने वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नुपरेको बडिमालिका यातायात व्यवसायी समितिका पदाधिकारीले बताएका छन् ।
सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनको विषयलाई लिएर लामो समयदेखि विवाद रहेको छ ।
विवादकैबीच गन्तव्यमा गइरहेका बडिमालिका यातायातका बसमा सुदूरपश्चिम यातायात पक्षधरबाट बाधा अवरोध पु¥याउँदै तोडफोड हुन थालेपछि टिकट बिक्रीमा समेत प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको हो ।
विवादका कारण बसमा पुनः तोडफोड हुनसक्ने देखिएपछि दुई हप्तादेखि प्रहरीको सुरक्षा घेरामा राखेर बडिमालिका बस गन्तव्यतर्फ पठाउन थालिएको छ । तीन हप्ताअघि यहाँ दुई पक्षबीच झडपका साथै बसमा तोडफोड भएको थियो । सुदूरपश्चिम यातायात व्यवसायी समितिले आलोपालो लगाउन खोजेको आरोप लाग्दै आएको छ ।
बडिमालिका यातायातले प्रालिमा दर्ता भए अनुसारको ‘रुट परमिट‘ नलिइ बस सेवा सञ्चालन गरेको आरोप अर्को पक्षले लगाएको छ ।
यद्यपि बडिमालिका यातायात व्यवसायी समितिका महासचिव दिबहादुर खलौलाले आफूहरुले नियममानुसार बससेवा सञ्चालन गर्न खोजे पनि सुदूरपश्चिम यातायात पक्षधरको ‘सिन्डिकेटका’ कारण बाधा अवरोध पुर्याइएको बताए ।

बसको टिकट पनि प्रहरीको सुरक्षा घेराबाटै ! Reviewed by a on 1:41 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.