Top Ad unit 728 × 90

a
Ad Inside Post

१०५ वर्षीय जयपति चेपाङको मृत्यु

भाद्र ११, २०७३- मकवानपुरका चेपाङ समुदायका सबैभन्दा जेष्ठ नगारिक जयपति चेपाङको शनिबार दिउँसो मृत्यु भएको छ  ।
भार्ता गाविस ४ सिलौतीका १०५ वर्षीय चेपाङको झाडापाखाला लागेर घरमा नै मृत्यु भएको । सात दिनदेखि उनी पखाला लागेर थला परेका थिए ।
औषधि उपचार गर्न नपाएर उनको मृत्यु भएको स्थानीयवासी चित्र चेपाङले भने, ‘१६ वर्षीया नातिनी वुहारीले झाक्री खोजेर ल्याएर शुक्रबार वेलुका झारफुक गराएकी रहेछिन् ।’
चार वर्ष अघिसम्म ओडारमा नै बस्दै आएका जयपतिको ‘एक्लै ओडारमा हजुर बा’ शीर्षकको समाचार २०६९ जेठ १९ गते कान्तिपुरमा प्रकाशित भएपछि जनता आवास कार्यक्रम अन्तर्गत घर वनाईएको थियो ।
२०७० माघ १४ गते तत्कालिन प्रजिअ एकनारायण अर्यालको अगुवाईमा उनलाई ओडारबाट उक्त घरमा प्रवेश गराइएको थियो ।
ओडारमा नै उनी जन्मेका थिए। जनता आवास कार्यक्रम अन्तर्गत वनेको घर भूकम्पले भत्केपछि उनी फेरि त्यही ओडारमा नै  फर्केका  थिए । सरकारले बनाएको घर भन्दा देवताले वनाएको घर वलियो हुदो रहेछ भन्दै उनी ओडारमा बसेका थिए ।
भूकम्पले घर भत्केपछि वृद्ध चेपाङ ओडारमा फर्के समाचार कान्तिपुरमा प्रकाशित भएपछि सहृदयीहरुको सहयोगमा घर पुनर्निर्माण गरेर २०७२ जेठ ८ गते नै ओडारवाट घर फकाईएको थियो । १७ वर्षीय नाति अगमसिंह चेपाङ विवाह गरेर उनीसँग वस्दै आएका थिए ।
नाति रोजगारी लागि काठमाडौं गएका थिए । हजुर वावुको मृत्यु भएको खबर पाएपछि उनी शुक्रबार वेलुका नै घर आइपुगेका छ ।
‘मकवानपुरका चेपाङहरुमध्ये सबैभन्दा जेठा चेपाङ जयपति नै हुन्,’ चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले भने, ‘जयपतिको मुत्युबाट चेपाङको एउटा जिउदो इतिहास ढलेको छ ।’
ओडारमा बस्दा उनले सरकार गरिब छ वृद्ध भत्ता लिन्न भनेका थिए। मरेपछि पनि सरकारको वृद्ध भत्ता लिन हुँदैन उनले भनेका थिए । छिमेकी, गाविस सचिव र सञ्चारकर्मीहरुले सम्झाई वुझाई गरेपछिमात्र उनले वृद्ध भत्ता लिने गरेका थिए । उनको दाहसंस्कार शनिबार गोराङदी खोलाको किनारमा हुने स्थानीयवासी महेश चेपाङले वताए । अहिले जयपतिको घरमा छिमेकीहरु जम्मा भइरहेका छन् ।

१०५ वर्षीय जयपति चेपाङको मृत्यु Reviewed by a on 7:28 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.