Top Ad unit 728 × 90

a
Ad Inside Post

बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।
तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म नराखे उत्तम हुन्छ।
१. टमाटर
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ।
२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ।
३. लसुन
लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ
४. पाउरोट
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।
५. आलु
चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।

बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस Reviewed by a on 7:48 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.