‘म अरुलाई हसाउँथें तर म भने दुखी थिएँ’ – जोनी लिवर
म अरुलाई हसाउँथें तर हाँसो स्वयं मबाट कोसौँ टाढा थियो । धन, सम्पत्ति, नाम, इज्जतले मात्र मान्छेलाई खुशी बनाउन सक्दैन, सबैकुरा प्राप्त गरेर पनि तपाईंमा शान्ति हुँदैन भने केही फाईदा छैन । अनी यस्तै मेरो जिन्दगीमा भयो ।’ यो भनाइ बलिउडका प्रसिध्द हास्यकलाकार जोनी लिवरको हो जसको नामले नै मानिसहरुमा मुस्कान ल्याउँछ । जोनी लिवर जसलाई बलिउडका हास्यकलाका राजा भनिन्छ, उनको असली नाम जोनी राव हो । बच्चादेखि नै अरु कलाकारको नकल गर्नमा पोख्त हुनाले उनी १७ बर्षका हुँदा स्टेजमा प्रतिभा प्रदर्शन गर्न सक्ने कलाकारको हुबहु नकल गर्न सक्ने पोख्त प्रतिभाशाली भईसकेका थिए ।
उनी १८ बर्षका हुँदा उनका बुवाले हिन्दूस्तान लिवरमा काम गर्न थाल्नु भयो जहाँ उनले पनि ६ बर्ष काम गरे । त्यहाँ हुँदा पनि उनले आफ्नो प्रतिभा प्रदर्शन गरेका कारण उनलाई लिवर नाम दिइयो, फलस्वरूप: उनको नाम जोनी राव बाट जोनी लिवर हुन पुग्यो । पहिलोचोटि सन् १९८० को चलचित्र “यह रिश्ता ना टुटे” बाट हास्यकलाकारको रुपमा अभिनय सुरु गरेका जोनी लिवर सुरुमा क्यामेरा अगाडि पर्न डराउँथे, एकपल्ट उनी रेल समातेर भाग्न पनि खोजेका थिए भने अभिनयको डरले उनलाई ज्वरो पनि आएको थियो । त्यसपछि विभिन्न शो र चलचित्रबाट संघर्ष गर्दै उनले धेरै सफलता पाउन थाले र उनी धेरै सम्पन्न हुनथाले । सम्पन्नतासँगै उनमा घमण्ड बढ्न थाल्यो र साथै उनी धेरै रक्सी पिउने हुन थाले । रक्सी पिएकोमा उनकी श्रीमती उनीसँग रिसाउँथिन । उनी भन्छन् उनले आफ्नो सन्तान, श्रीमती र आमाबुवालाई धेरै दु:ख दिए ।
यसै बीच उनको छोरालाई ट्युमर भयो । उनले धेरै उपचारहरु गराए, धेरै डाक्टरहरु भेटे र डाक्टरले अपरेसन गर्नुपर्छ भन्यो । अपरेसन सामान्य थिएन, तल-माथि, दाँया-बाँया सानो गल्तीले एउटा नसा मात्र काटियो भने पनि पक्षघात हुने सम्भावना थियो । अपरेसन गर्न सुरु भएको एक मिनेटमा नै एक्कासी अपरेसन थिएटरबाट भित्र बोलाइयो । उनी भित्र जाँदा उनको छोरो बेडमा सुताइएको र घाटीमा काटिएको अवस्थामा हुन्छ । उनले डाक्टरलाई ‘के भयो’ भनी सोध्दा डाक्टरले ‘अपरेसन गर्न सकिन्न । उसको घांटीको मासु नसाहरुमा अल्झिएकोले यदि कुनै एउटा नसा गल्तीले काटियो भने ऊ जीवनभर पक्षघाती हुनेछ वा एकापट्टीको पुरै भाग नचल्ने हुनेछ’ भने । फेरि डाक्टरले उनलाई “के गरौ ?”भनी सोधे, उनले भने “अपरसन बन्द गर्नुस् । रोक्नुस् ।” अनि घाऊलाई सिलाईयो तर अपरसन गरिएन । जोनीको लागि उनको छोरा नै उनको जीवन थियो तर पछि ट्युमर सानोबाट धेरै ठुलो भयो । उनले घरलु औषधी, आयुर्वेदिक तथा अन्य सबै उपायहरु गर्दा पनि ट्युमर झन् बढ्यो, घटेन । औशषधोपचारले नभएपछि उनी धामी-झाँक्री, बाबा-स्वामीहरुकहाँ चिना देखाउँदै हिंड्न थाले । जहाँ राम्रो हुन्छ भन्ने सुन्थे त्यहाँ उनी पुग्थे र जहाँ जहाँ उनी जान्थे त्यहाँ-त्यहाँ ‘अपरेसनको लागि नजानु’ भन्ने सुझाव पाउँथे । एकजना तान्त्रिकले उनको छोरा २००२ सम्म मात्र बाँच्छ भनेछ, त्यसपछि उनी निरास हुन थाले । उनलाई अब उनको धन-सम्पत्ति र इज्जतले छोरालाई बचाउन सक्दैन भन्ने लाग्यो । उनले आफ्नो छोरालाई ‘म अब केही गर्न सक्दिनँ, केही चाहिएको वा केही इच्छा भए भन’ भने । दुई बर्षसम्म पनि ट्युमरमा केही सुधार नभएकोले उनले हार खाइसकेका थिए ।
एकपल्ट अमेरिकामा छोरोलाई लिएर उनी आईतबारको प्रार्थनाको लागि चर्च गएका थिए, तब पाष्टरको आँखा उनको छोराको ट्युमरमा पर्यो । पाष्टरले “न्युयोर्कमा स्लोन केट्टेरिंग भन्ने अस्पतालमा लैजाऊ, उसलाई ठीक हुन्छ, परमेश्वरले उसलाई निको बनाउनु हुन्छ, तिमी परमेश्वरको घरमा छौ” भने | पाष्टरले ‘त्यो हस्पिटल राम्रो वा हस्पिटलको डाक्टर राम्रो छ’ भनेर भन्नुभएन तर त्यो हस्पिटलमा लिएर जाऊ, प्रभुले निको पार्नुहुन्छ भनी भन्नुभयो जुन कुराले जोनीलाई छोयो । श्रीमतीसित त्यो अस्पताल जाने सल्लाह भैरहँदा “डाक्टरले त्यस्तो भन्दा भन्दै किन लानु अस्पताल ? भन्ने निरासपूर्ण जवाफ पाए जसमा आशाका शब्दहरु थप्दै उनले भने ‘प्रभु येशु जिवित हुनुहुन्छ र निको बनाउन सक्नुहुन्छ ।
हामीले भरोसा गर्नुपर्छ ।‘ अनि श्रीमतीले उनलाई भनिन् ‘यदि त्यसो हो भने जबसम्म प्रभु तपाईंसँग बोल्नुहुन्न, तबसम्म म मेरो बच्चालाई हस्पिटल लैजाने अनुमती दिन्न ।‘ तब उनले त्यहीं नै घुडा टेके र प्रार्थना गरे । उनले प्रभुलाई पुकारा गरे । उनको आशा केबल प्रभुमा थियो । उनी चिच्याए, रोए प्रार्थना गरे । तब उनले एउटा आवाज सुने, “जा छोरा जा ! अपरेसन गर । नडरा, म तेरो साथमा छु” उनी काँप्न थाले र उनले सुनेको आवाजबारे आफ्नो श्रीमतीलाई भने र श्रीमतीले “हुन्छ” भनिन् । उनीहरुले छोरोलाई हस्पिटल लगे | उनीहरु डराएका थिए । धेरै जनाले प्रार्थना गरिरहेका थिए । उनीहरुले परमेश्वरमा विश्वास राखेर अपरेसन गराइरहेका थिए । छोराको अपरेसन सकियो, उनीहरुलाई डर थियो र उनिहरुलाई ‘साशयद द्रेब्रेपट्टी पक्षघात भयो होला तर प्रभुको अनुग्रहले जोनीको छोराको अपरेसन सफल भयो । उनको जीवनमा एउटा अचम्मको चमत्कारी उदाहरण भयो । जुन दिन उनको छोराको अपरेसन भयो र उनको छोराले चङ्गाइ पाए तब जोनीको जीवन नै परिवर्तन भयो । उनको परिवारमा खुसी छायो । Goodnews online
Reviewed by a
on
4:01 PM
Rating:
No comments: