Top Ad unit 728 × 90

a
Ad Inside Post

नेपाली हिरोइन कमजोर छैनन: बिराज भट्ट

काठमाडौं । पाँच वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका बिराट भट्टले सोचेका थिए । ‘मेरो आगमनलाई दर्शकले मज्जैको स्वागत गर्छन्’ ।
उनले अभिनय गरेको फिल्म हलमा लाग्दै गर्दा फिल्मले त्यस्तो कुनै उत्साह पैदा गरेन । भोजपुरी फिल्म उद्योगमा अहिले पनि स्टार मानिने बिराजलाई नेपाली दर्शकले बिर्से जस्तै गरे ।
फिल्म हिट हुनलाई एउटा कलाकारको क्षमता मात्रै काफी हुन्न भन्नेमा सचेत छन् उनी । उनलाई सबै भन्दा नरमाइलो त्यतिवेला लाग्यो । जतिवेला उनले आफ्नो फिल्म हलवाट जर्बजस्ती उतारिएको थाह पाए ।
‘नेपालमा निती नियम कार्यन्वयनमा बस्नेहरुले भाषण मात्रै गरे काम कहिल्यै गरेनन्’ अनलाइनखबरसँग कुरा गर्दै भने ‘भाषण मात्रै गरेर फिल्म उद्योग उकालो लाग्दैन’
नेपाल चलचित्र निर्मातासंघ र चलचित्र संघविच एउटा सहमति भएको छ । हरेक शुक्रवार नयाँ फिल्म रिलिज गर्ने । तर, उनले अभिनय गरेको चलचित्रले बुधवारै हलवाट छुट्टि लिनु पर्यो ।
५० बढी भोजपुरी फिल्ममा काम गरेका बिराजले आजसम्म सुनेका छैनन् । भोजपुरी फिल्म प्रदर्शनमा लफडा भएको । उनी भन्छन् ‘भोजपुरी फिल्म उद्योगमा फिल्म बनाउने, चलाउने लगायतका विषयमा नियम छ । तर, कसैले उलंघन गर्दैन । बिराज भन्छन् ‘भोजपुरी फिल्ममा कसैले पनि नियम मिच्दैन सानादेखि ठुलासम्म सबैले नियम अनुसार काम गर्छन् ’ ।
नेपाली फिल्म उद्योगमा नियम पालना नहुनुमा चलचित्र विकास बोर्ड, निर्माता संघ, चलचित्र संघ लगायतका संघसंस्थामा नेतृत्व क्षमता नभएका ब्यक्तिहरु पुगेको अनुभव गरेका छन् उनले ।
नेपाली नायिका कम छैनन
५० वढी भोजपुरी फिल्ममा काम गरेका बिराजले २० जना भन्दा बढी नायिकाको नायक बन्ने अवसर पाए । तनुश्री, प्रीयासानी, मोनालिका, स्मृति लगायतका युवतिहरुसँग धेरै काम गरे ।
यी नायिकासँग अभिनय गरेका बिराजले नेपालका सबै नायिकासँग काम गरेका छन् । उनको अनुभवले भन्छ ‘हाम्रा नायिका कुनै कुरामा कमजोर छैनन्’ भोजपुरी फिल्मको सुटिङ मुम्बइको ठूला स्टोडियोहरुमा हुने भएकाले चर्चा बढी हुने धारणा राख्ने बिराज नेपाली नायिकाले पनि अवसर पाएमा राम्रो गर्न सक्ने धारणा राख्छन् ।
नेपालीको तुलनामा भोजपुरी कलाकार अनुसाशित भएको धारणा राख्ने बिराज नेपालीको तुलनामा भोजपुरी कलाकार एवं प्राविधिक ब्यबसायिक सोच भएको बताउँछन् ।
- अनलाइनखबर

नेपाली हिरोइन कमजोर छैनन: बिराज भट्ट Reviewed by a on 3:59 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.