बौद्धनाथ महाचैत्य पुनःनिर्माण, मोलम्ब लगाउन मात्रै ३० किलो सुन !
निर्माण कार्य अन्तिम चरणमा, चीनबाट राम्रो सहयोग
काठमाडौं १२ भदौ– भूकम्पले क्षति पुगेको बौद्धनाथ स्तुपको पुनःनिर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ । शनिवार बौद्धनाथ क्षेत्र विकाश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी दिइएको हो । समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले अहिलेसम्म बौद्ध महाचैत्य पुनःनिर्माणमा ६ करोड पैँसठ्ठी लाख खर्च भएको बताउँदै यसको प्राविधिक लागत अनुमान अठार करोड पैँतालिस लाख रहेको बताए ।
उनले चैत्यको छानोमा रहेका पुरानो तामाको पाताहरुमा सुनको मोलम्ब लगाउने कामका लागि हालसम्म ३० किलो सुन खर्च भइसकेको बताए । उक्त सुनमध्ये २९ किलो सुन ताई सितुपा रिन्पोछे र १ किलो सुन सर्वसाधारणबाट प्राप्त भएको समेत बताए । लामाले आउँदो कार्तिकसम्म बौद्धनाथ चैत्य पुर्ननिर्माण सम्पन्न भइसक्ने बताए । मंसिरको पहिलो हप्ता राष्ट्रपति र चारै बौद्धधर्ममा गुरुहरूको सानिध्यतामा चैत्यको प्राणप्रतिष्ठा पूजा गर्ने मेत उनले बताए । लामाले चैत्यलाई चट्याङबाट जोगाउन पहिलोपटक अर्थिङ जडान गरिएको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा अहिलेसम्म चैत्य पुनःनिर्माणका लागि १४ करोड २२ लाख रुपैयाँ सहयोग प्राप्त भएको बताइएको थियो । पत्रकार सम्मेलनमा बाँडिएको पर्चामा प्राप्त सहयोगमध्ये धेरैजसो चिनियाँ संघसंस्था र व्यक्तिबाट भएको उल्लेख छ । (लोकान्तर डटकमबाट)
हेर्नुहोस् प्राप्त सहयोगको विवरण :
Reviewed by a
on
3:55 PM
Rating:
No comments: