Top Ad unit 728 × 90

a
Ad Inside Post

आमासंगै त्रिशूलीमा खसेको १० वर्षीय सुुशान्तले रुदै आमालाई खोजे तर आमालाई सदासदाको.....

निदाइरहेका बेला अचानक गाडी ठूलो आवाजका साथ गाडी तल बजारियो ।” १० वर्षीय सुुशान्त श्रीवास्तवले घटना सम्झँदै भने “सुरुमा के भयो थाहा भएन तर बस नदीभित्र थियो । सबैजना कराइरहेका थिए ।”
आमासँगै रहेका सुशान्त बसभित्रका मान्छेको शरीरमा टेक्दै झ्यालबाट बाहिर निस्किए । घटना सुनाउँदै उनले भने “कसैको मोबाइल खसेको थियो, मैले टिपेर फोन लगाउन खोजें, नेटवर्कले काम गरेन । नदी छेउको घाँस समाउँदै माथि उक्लिन थालें केहीबेरमा फोनले काम गर्यो । तर, कसैको नम्बर सम्झिन सकिँन अनि १०० नम्बरमा डायल गरें ।”
सयमा डायल गर्दा प्रहरीकोमा फोन पुग्छ भन्ने थाहा भएका सुशान्तले सबै घटना फोनमै प्रहरीलाई सुनाए । प्रहरीहरु विहान ५ बजेतिर घटनास्थलमा पुगे ।
दुर्घटनापछि सुशान्तले आमालाई खोज्ने प्रयास गरे । तर, कहीँ फेला पारेनन् । प्रहरी र स्थानीय घटनास्थलमा पुग्दा पनि सुशान्त नदीको डिलमै झोक्राइरहेका थिए ।
सुशान्तको पिठ्युँमा घाउ लागेको छ । उनको उपचार भइरहेको उनका मामा सुधीर श्रीवास्तवले अनलाइनखबरलाई बताए । सन्ध्याको मृत्युको खबरपछि उनकी आमा अर्थात सुशान्तकी हजुरआमा मूर्छित बनेकी छिन् ।

आमासंगै त्रिशूलीमा खसेको १० वर्षीय सुुशान्तले रुदै आमालाई खोजे तर आमालाई सदासदाको..... Reviewed by a on 3:51 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.