Top Ad unit 728 × 90

a
Ad Inside Post

पोखराको फेवातालमा डुबेर फेरि अर्का किशोरको ज्यान गयो

पोखरा, ९ भदौ-
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार फेरि अर्का किशोरको ज्यान गएको छ । केदारेश्वर मन्दिर नजिकै पौडी खेल्ने क्रममा डुबेर स्याङ्जा टुनीबोट ४ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका १९ बर्षीय अमृत मगरको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय बैदामका अनुसार तीन जना साथीहरु मिलेर पौडी खेल्न गएका थिए । दुई जना केहि गहिरो भागमा पुगेकोमा अमृत एक्कासी डुबेका थिए । बेपत्ता भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले उनको उद्धार गरी स्थानीय गण्डकी मेडिकल कलेज, पृथ्वीचोक पुर्याएको वडा प्रहरी कार्यालय, बैदामका प्रमुख मोहनमणि अधिकारीले जानकारी दिए ।
तर, अस्पताल पुगेलगत्तै उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
यसअघि दुई साता अघि काठमाण्डौंका दुई जना युवकको मृत्यु भएको थियो भने गत सातामात्रै माछा मार्ने क्रममा अर्का पुरुषले ज्यान गुमाएका थिए ।

पोखराको फेवातालमा डुबेर फेरि अर्का किशोरको ज्यान गयो Reviewed by a on 7:02 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.