Top Ad unit 728 × 90

a
Ad Inside Post

२५ वर्षदेखि राम्रो श्रीमान् पाउन व्रत बसियो, अहिले आफ्नै लागि : दीपाश्री निरौला

काठमाडौं, भदौ ११ – कलाकार दीपाश्री निरौलाले तीजमा व्रत बस्ने नबस्ने महिला आफैमा निर्भर हुने बताउनुभएको छ । उहाँले आफूले पहिलेदेखि व्रत बस्ने गरेको अनुभव सुनाउनु भयो ।
सानोमा मिठो खाने लोभमा व्रत बस्ने गरेको भन्दै उहाँले भन्नुभयो, ‘व्रत बसेपछि मिठोमिठो फलफूल खान पाइने लोभमा व्रत बसियो ।’ उहाँले आफू २५ वर्षदेखि राम्रो श्रीमान् पाउँ भनेर व्रत बस्ने गरेको भएपनि गएको केही वर्षदेखि आफ्नो स्वास्थ्य र कामको सफलताका लागि व्रत बस्ने गरेको सुनाउनुभयो ।
‘सानोमा मिठो खाने आशमा व्रत बसियो, २५ वर्षदेखि राम्रो श्रीमान् पाउने आशमा बसियो’ उहाँले भन्नुभयो, ‘पछिल्ला केही वर्षदेखि आफ्नो स्वास्थ्य र करिअरका लागि व्रत बसिरहेको छु ।’ तीजलाई मनोरञ्जन र महिला सशक्तिकरणको माध्यम बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले सुर्के थैली खै गीतसँगै छक्का पञ्जाकाे नयाँ गीत हमारा त तमारा बिना काे छ र गीत सुनाउनुभएकाे थियाे ।
महिला अधिकारीको क्षेत्रमा काम गर्दै आएको साथी नेपालले शनिबार गरेको तीज विशेष कार्यक्रममा कलाकार दीपाश्रीले यस्तो बताउनुभएको हो । कार्यक्रममा सहभागीले तीज र यस पर्वसँग जोडिएका विभिन्न परम्परागत मान्यतालाई समय अनुसार परिमार्जन गर्नु पर्ने बताएका छन् । तीजसँग जोडिएका परम्परालाई समयअनुकुल परिभाषित र परिस्कृत गर्नु पर्नेमा सामाजिक उनीहरुले जोड दिएका छन् ।
चाडबाड मनाउने नाममा हुने गरेका विकृति विसंगतीलाई हटाएर राम्रा चाडपर्वलाई थप उल्लासमय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् । कार्यक्रममा बैंकर अनिल शाहले तीजको व्रत बस्ने नाउमा महिलालाई दबाउने परम्परा रहँदै आएको भन्दै त्यसलाई परिवर्तन गर्नु पर्ने र त्यसको सुरुवात आफैबाट गर्नु पर्ने बताउनुभयो । यस्तै महिला अधिकारकर्मी बन्दना राणाले तीजलाई नयाँ परिभाषा दिएर महिला सशक्तिकरण र उमंगको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।

२५ वर्षदेखि राम्रो श्रीमान् पाउन व्रत बसियो, अहिले आफ्नै लागि : दीपाश्री निरौला Reviewed by a on 2:15 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.