डोलेश्वर मन्दिरमा एक महिनामै डेढ करोड भेटी
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा लागेको एक महिने मेलामा एक करोड ६० लाख २२ हजार भेटी सङ्कलन भएको छ । भक्तपुरको सूर्य्विनायक नगरपालिका सिपाडोलस्थित सो मन्दिरमा यही भदौ ६ गतेसम्म सञ्चालन भएको एक महिने साउने मेलामा १४ लाख खर्च भएको जानकारी मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले दिए । मेलामा एक दाताले १५ लाख मूल्य बराबरको एक रोपनी जग्गा दान गर्ने घोषणा पनि गरेको उनले बताए । वरिष्ठ उपाध्यक्ष किरण थापाका अनुसार, सुरुमा एक रोपनी जग्गा क्षेत्रफलमा फैलिएको डोलेश्वर महादेव मन्दिर क्षेत्र अहिले विभिन्न दाताबाट आएको दान एवं खरिदबाट २५ रोपनी क्षेत्रफलमा फैलिएकोे छ । समितिले मन्दिर पुनःनिर्माणसँगै चौघेरा सत्तललगायतका विभिन्न भौतिक संरचनाको निर्माणका लागि हालसम्म करिब आठ करोड खर्च गरिसकेको उहाँले जानकारी दिए । रासस
डोलेश्वर मन्दिरमा एक महिनामै डेढ करोड भेटी
Reviewed by a
on
7:49 AM
Rating:
Reviewed by a
on
7:49 AM
Rating:
No comments: