Top Ad unit 728 × 90

a
Ad Inside Post

१८ वर्षदेखि कफी मात्रै पिएर बाँचेकी महिला

एजेन्सी, भदौ ८। तपाई कफी मात्रै पिएर कति दिनसम्म बाँच्न सक्नुहुन्छ? एक दिन, दुई दिन वा पाँच दिन। तर एउटी यस्तो महिला जो विगत १८ वर्षदेखि कफी मात्रै पिएर बाँचेकी छ्न। भारतको छत्तिसगढस्थित कोरिया जिल्लामा बस्दै आएकी ४८ वर्षीया पीली बाई नामकी महिला विगत १८ वर्षदेखि खाना खान छोडेकी छिन्। तर पनि उनको स्वास्थ्यमा कुनै गडबडी देखा परेको छैन।
यो देखेर त्यहाँका डाक्टर समेत चकित परेका छन्। जब पीलीले पढनको लागि पटना आउनु पर्यो त्यतिबेलादेखि नै उसले खाना खान छाडेकी हुन्। उनी दिनमा दुई तीन पटक कालो कफी पिएर बस्दै आएकी छन्। परिवारका सदस्यले उनलाई धेरै पटक चिकित्सक कहाँ लगेर देखाए पनि उनको कफी पिउने बानीमा कुनै परिवर्तन आएन। तर चिकित्सकले उनलाई केही नभएको र निरोगी रहेको बताएका छन्।
मात्र एक दिनको लागि विवाह सन १९९५मा पीली बाइको विवा भएको थियो। तर उसलाई सासु-ससुराले पुन माइती पठाइ दिए। किनकी उनको सासु-ससुराको एउटै गुनासो थियो की उनी सधै खाली उपवास मात्र बस्ने गर्छिन्। यसका साथै उनको सासु-ससुराले पीली बाइ मानसिक तवरबाट स्वस्थ नभएको आरोप समेत लगाएका थिए।

१८ वर्षदेखि कफी मात्रै पिएर बाँचेकी महिला Reviewed by a on 7:36 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.