Top Ad unit 728 × 90

a
Ad Inside Post

यस्ताे छ महाभारत युद्धमा हरेक दिन श्रीकृष्णले बदाम खानुकाे रहस्य

भाद्र ०९। जब युद्धको घोषणा भयो सबै देशका राजा-महाराजा युद्धमा भाग लिन आए। कोही पाण्डवको तर्फ त कोही कौरवको साथमा युद्ध लड्न आए। तर एक राजा थिए जो कसैको पक्षमा सामेल थिएनन्। ती थिए उडूपीका राजा। माहाभारत युद्धको दौरान भगवान श्री कृष्णले कयौं लीला देखाए अनि अस्त्र शस्त्र नउठाएरै पाण्डवलाई बिजयी बनाइदिए। श्री कृष्णका लीला मध्ये एक निकै रोचक लीला थियो हरेक दिन बदाम खाने। वास्तवमा श्री कृष्णले हरेक दिन बदाम खानुमा ठूलो रहस्य लुकेको थियो। सो रहस्य केवल एक व्यक्तिले मात्र जान्दथे।
महाभारतमा कथा भन्छ, जब युद्धको घोषणा भयो सबै देशका राजा-महाराजा युद्धमा भाग लिन आए। कोही पाण्डवको तर्फ त कोही कौरवको साथमा युद्ध लड्न आए। तर एक राजा थिए जो कसैको पक्षमा सामेल थिएनन्। ती थिए उडूपीका राजा।ती राजाले श्री कृष्णसंग सोधे, युद्धमा लाखौ योद्धा सामेल हुनेछन् तर युद्ध गर्नको लागि भोजनको प्रबन्ध कसरी हुन्छ? बिना भोजन त योद्धा लड्न सक्दैनन त्यसैले दुवै पक्षको लागि भोजको प्रबन्ध मेरो तर्फबाट हुनेछ। श्री कृष्णेले पनि अनुमति दिए।
तर उडूपीको राजाको सामु चुनौती यो थियो कि हरेक दिन कति जनाको लागि भोजन बनाउने? हरेक दिन हजारौं योद्धाको युद्ध भुमिमा मृत्यु हुन्थ्यो। भोजन कम भए सैनिक भोकै रहने अधिक भए देवी अन्नपूर्णको अपमान हुने। उनले श्रीकृष्ण सामु आफ्नो चिन्ता प्रकट गरे। श्री कृष्णले बताए, म हरेक दिन उमालेको बदाम खानेछु। बदामको जति दाना म खानेछु बुझ्नु कि सो दिन युद्धमा त्यति नै हजार सैनिक मारिनेछन्। श्री कृष्णले यसरी उडूपका राजा सामू एक ठुलो रहस्य खोलिदिए जसले हरेक दिन सैनिकको पूरा भोजन मिल्दथ्यो र अन्नको अपमान पनि हुन्थेन।
पुर्बेलीन्युजबाट साभार

यस्ताे छ महाभारत युद्धमा हरेक दिन श्रीकृष्णले बदाम खानुकाे रहस्य Reviewed by a on 3:53 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.