अभिनेत्री झरना थापा अब निर्देशनतिर, 'ए मेरो हजुर २' मा साम्राज्ञीको मुख्य भूमिका
भदौ ९। काठमाडौं : अभिनेत्री झरना थापाले निर्देशन गर्ने लागेको पहिलो फिल्म ‘ए मेरो हजुर’का लागि छनोट भएका कलाकार सार्वजनिक भएका छन्।
फिल्ममा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहनेछ।
यसअघि विभिन्न अन्तरवार्ताहरुमा साम्राज्ञीले चित्तबुझ्दो स्क्रिप्ट नआएकाले आफूले हतारमा कुनै फिल्म नगर्ने जानकारी दिएकी थिइन्।
फिल्मको सुटिङ भदौ ३ गतेबाट सुरु भए पनि फिल्म युनिटले कलाकारहरुको नाम सार्वजनिक गरेको थिएन।
फिल्ममा सलोन बस्नेत, बाल कलाकार अनुभव रेग्मी, हास्यकलाकार बुद्धि तामाङ, अनुरागमान सिंह कुँवर, विल्सन विक्रम राई, सुमन पौडेल, अजश्र ढुंगाना लगायतको अभिनय रहनेछ।
को अभिनय रहनेछ।
सस्पेन्स लभ स्टोरी रहने भनिएको फिल्मका लागि दोस्रो अभिनेता चयन भइसकेका छैनन्।
शिव रेग्मी निर्देशित 'ए मेरो हजुर' मा श्रीकृष्ण श्रेष्ठ र झरना थापाको अनस्क्रिन प्रेम कथा देखाइएको थियो।
नेपाली र रजतपटमा सफल घरेलु तथा प्रेम कथामा आधारित फिल्म बनाएर चर्चा कमाएका शिव रेग्मीको फिल्मको सिक्वेल बनाउन झरना लागिपरेकी छिन्।
फिल्मलाई एसके थापा प्रोडक्सनले निर्माण गर्न लागेको हो। युवा ज्योतिष हरिहर अधिकारीको कथा रहेको फिल्ममा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहनेछ।साभार- पहिलोपोस्ट
Reviewed by a
on
3:54 PM
Rating:
No comments: