Top Ad unit 728 × 90

a
Ad Inside Post

मुटुरोगीले जान्नैपर्ने कुरा

हृदयाघात आमनेपालीका लागि गम्भीर समस्याको रूपमा जन्मिएको विषय बनिरहेको छ । असन्तुलित जीवनशैली, धुम्रपान र मद्यपान हृदयाघातका मुख्य कारण बन्ने गरेका छन् । सादा खानपान, नियमित व्यायाम, समय–समयमा शारीरिक परीक्षण र तनावरहित जीवन जिउन सके हृदयाघातबाट बच्न सकिन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ विकास दलीले मुटुरोग भएकाहरूले ख्याल गर्नुपर्ने विषयबारे जानकारी दिएका छन् :
उज्यालोमा बस्ने
उज्यालो कम भएको स्थानमा लामो समयसम्म बस्दा शरीरमा हुने हर्मोन तथा यसका चक्रको सन्तुलनमा निकै नै गडबडी आउँछ । यस्तो वेला शरीरको महत्त्वपूर्ण हर्मोन कोर्तिसोलको असन्तुलनका कारण हृदयाघातको खतरा र सम्भावना बढ्छ । त्यसैले मुटुरोगीले सकेसम्म अँध्यारो कोठामा लामो समय नबस्नु उचित हुन्छ ।
भोजभतेर त्याग्ने
भोजभतेर भन्नेबित्तिकै मसलेदार खानपान बढी हुन्छ । भोजभतेरमा चाहिनेभन्दा बढी चिल्लो, नुनिलो, रक्सी, चुरोट खाइन्छ र पिइन्छ । जसले गर्दा हृदयाघातको थप सम्भावना बढ्छ । यस्तो खानाले मस्तिष्कघातको सम्भावना पनि बढाउँछ ।
तनाव र अनावश्यक व्यायाम नगर्ने
अनावश्यक तनावका कारण पनि हृदयाघातको सम्भावना बढ्छ । आवश्यकताभन्दा बढी व्यायामले पनि हृदयाघातको सम्भावना बढाउँछ । स्वस्थ जीवनका लागि व्यायाम अत्यावश्यक भए पनि जटिल प्रकारका व्यायामले हृदयाघात बढाउने खतरा रहन्छ ।
रुघाखोकीमा सचेत रहने
रुघाखोकीले इन्फामेसन गराउँछ, जसले रक्तनलीमा भएको बोसो तथा रगतका चोक्टाको सन्तुलनलाई कम गराउँछ । यसले रक्तनलीहरू साँघुरो वा बन्द गराइदिन्छ र हृदयघातको जोखिम बढ्छ । बेलायतमा गरिएको एक अनुसन्धानले रुघाविरुद्धको खोप लगाएका व्यक्तिहरूमा हृदयाघात हुने सम्भावना २० प्रतिशतले कमी आएको देखाएको छ । यसबाट के प्रमाणित भएको छ भने जो बिरामी उच्च रक्तचाप, मधुमेह वा ६० वर्ष नाघेका तथा हृदयाघात हुने जोखिम वर्गमा पर्छन्, तिनीहरूले रुघाविरुद्धको खोप लिन नितान्त जरुरी छ ।
प्लस टिप्स
हृदयाघातबाट बच्न शरीरको स्वास्थ्य अवस्था र रोगबारे सचेत हुनुपर्छ । व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ, तर जुन व्यायाम शरीरले धान्ने अवस्था छैन, त्यो हानिकारक हुन्छ । आफूले खाने कुरामा ध्यान दिनुपर्छ । वजन सन्तुलित राख्ने कुरामा सचेत हुनुपर्छ । समय–समयमा जाँच गरी ब्लडप्रेसर नियन्त्रणमा राख्नुपर्छ । मासु–माछा बोसो नभएका, नुन कम, फलफूल, गेडागुडी, हरियो सागसब्जी, जौ, गहुँजस्ता खानेकुरा खानुपर्छ । बढी चिल्लो, नुनिलो खानेकुरामा सावधानी अपनाउनुपर्छ । रक्सी, चुरोटबाट टाढै रहनुपर्छ । अनावश्यक तनाव लिनुहुँदैन ।

मुटुरोगीले जान्नैपर्ने कुरा Reviewed by a on 8:36 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.