पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, १९ को मृत्यु
मुग्लिनः मुग्लिन नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
१७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेमध्ये १३ जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ भने बाँकी चार जनालाई पनि त्यसतर्फ पठाउने तयारी भइरहेको कुँवरले बताए ।
गौरबाट पोखरातर्फ गइरहेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थल मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ रहेको छ ।
घटनास्थलमा स्थानीयबासी प्रहरी तथा कुरिनटारबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।
वर्षाको भेलले त्रिशुली नदीको सतह बढेका दुर्घटना हुँदा उद्धार कार्य कठिन बन्दै गएको छ । बसको अधिकांश भाग नदीमा डुबेकाले घाइते तथा मृतकको उद्धारमा कठिनाई भएको उद्धारकर्मीको भनाई छ । यद्यपी डुंगाको प्रयोग गरेर पनि अहिले उद्धारकार्य जारी छ । दुर्घटनास्थलबाट तत्काल उद्धार गरी घाइतेको उपचार व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय प्रशासनलार्इ निर्देशन दिएका छन् ।
Reviewed by a
on
8:30 PM
Rating:
No comments: