Top Ad unit 728 × 90

a
Ad Inside Post

नवरात्रको अष्टमी तिथि आज, गर्नुहोस् महागौरी देवीको पूजा

काठमाडौं, २३ असोज — नवरात्रको अष्टमी तिथिमा महागौरी शक्तिको पूजा गरिन्छ । नामबाटै थाहा हुन्छ, भगवती माताको यो स्वरूप पूर्णतः गोरो छ । महागौरी माताको उपमा शंख, चन्द्र र कुन्दको फूलसँग गरिएको छ ।
माता महागौरी अमोघ फलदायी हुनुहुन्छ र भक्तका तमाम पापलाई पखालिदिनुहुन्छ । उहाँको आराधनाले पूर्वजन्मका पाप समेत नष्ट हुन्छन् । महागौरीको पूजन अर्चनले कल्याण गर्छ र उहाँको कृपाबाट अलौकिक सिछि प्राप्त हुन्छ ।
माताका सम्पूर्ण वस्त्र र आभूषण समेत सेता छन् । त्यसैले उहाँलाई श्वेताम्बरधरा पनि भनिन्छ । उहाँको वाहन साँढे हो र यही कारणले गर्दा उहाँलाई वृषभारूढा समेत भनिन्छ ।
महागौरी माताको दाहिनेतर्फको माथिल्लो भुजा अभय मुद्रायुक्त छ भने तल्लो हातमा उहाँले त्रिशूल धारण गर्नुभएको छ । देब्रेतर्फको माथिल्लो भुजामा डमरु लिनुभएको छ भने तल्लो हातमा वरमुद्रा छ । उहाँको सम्पूर्ण स्वरूप शान्त छ ।
भगवान् शिवलाई पति रूपमा प्राप्त गर्नका लागि महागौरी कठोर तपस्या गर्नुभएको थियो । तपस्याका कारण उहाँको शरीर कालो भएको थियो । भगवान् शिवले उहाँको तपबाट प्रसन्न भएर गंगाको जलले धोएर शरीर गोरो र कान्तिमयी बनाउनुभयो । त्यसपछि नै उहाँलाई महागौरी भनेर चिनिन थाल्यो ।

नवरात्रको अष्टमी तिथि आज, गर्नुहोस् महागौरी देवीको पूजा Reviewed by a on 11:49 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.