यी किशोरको कम्मरमा पुच्छर पलायो
असोज २३ – भारतका एक किशोरको कम्मरमा रहेको पुच्छर शल्यक्रियाबाट हटाइएको छ । १८ वर्षका किशोरको कम्मरमा रहेको २० सेन्टिमिटर लामो पुच्छर हटाइएको हो । भारतको नागपुरका ति किशोरको कम्मरमा १४ वर्षको उमेरमा देखिएको पुच्छर लगातार बढ्दै गएको थियो । पहिले यसबारे कसैलाई नभनेका उनका परिवारले बढ्दै गएपछि अस्पताल लगेका हुन् । ति किशोरको कम्मरमा देखिएको पुच्छर मानिसमा अहिलेसम्म पाइएको सबैभन्दा लामो मानिएको छ । यो निकै कम व्यक्तिमा मात्रै देखिने समस्या हो । लुगा फेर्ने बेला पुच्छार उचालिदिनु पर्ने र त्यसबेला छोरालाई निकै पीडा हुन थालेपछि अस्पताल आएको उनकी आमाले बताइन् । आमाको गर्भमा हुँदा नै उनको कम्मरको भित्री भागमा पुच्छर बनेको र उनी बढ्दै गएपछि मात्रै बाहिर देखिएको चिकित्सकले बताएका छन् ।
मेरुदण्डको हड्डीमा रहेको खराबीका कारण यस्तो भएको उपचारमा संलग्न डा. प्रमोद गिरीले बताउनुभयो । शल्यक्रियापछि केही दिन अस्पतालमा बसेका ति किशोर अहिले बिना पुच्छर घर फर्किएका छन् ।
 
        Reviewed by a
        on 
        
11:52 PM
 
        Rating: 
 
 
No comments: