रेखा र कोमल वलीको नाम लिएर हजारौँलाई ढाट्यो राप्रपाले
सिन्धुपाल्चोक, १५ पुस । राप्रपा नेपाल र राप्रपाबीचको एकतापछि बसेको बैठकले गरेको एउटा निर्णय थियो, ‘देशभरी एकताको सन्देश दिन आमसभा गर्ने’
६ मंसिरमा दुई पार्टीबीच एकताभएसँगै राप्रपा नामकरण भएको उक्त पार्टीमा चर्चित गायिका कोमल वली प्रवेश भइन् । सँगै उनकै प्रभावमा केही साताअघि चर्चित नायिक रेखा थापा पनि राप्रपामै प्रवेश गरिन् ।
अहिले तिनै रेखा र वलीलाई सँगै लिएर विभिन्न जिल्लाको आमसभाको दौडधुपमा छन्, राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणा र राप्रपा अध्यक्ष कमल थापा ।
सोही क्रममा राप्रपाले शुक्रबार दिउँसो ११ बजे नायिका थापा गायिका वलीको नाम लिएर सिन्धुपाल्चोक जिल्लामा हुने कार्यक्रमको प्रचारप्रसारलाई तीव्र बनाए ।
जिल्लाका हरेक ठाउँमा नायिका थापा र गायिका वली आमसभामा आउने खबरले चर्चा पाएको थियो । त्यसैका कारण नायिका थापा र वलीलाई हेर्न शुक्रबार बिहान ११ बजे हजारौँ सर्वसाधारण कार्यक्रमस्थलल उर्लिए ।
धुलाम्मे कार्यक्रमस्थल । अनि टन्टलापुर घामको समेत प्रवाह नगरी बच्चादेखि वृद्ध वृद्धासमेत थापा र वलीको प्रतिक्षामा थिए । तर निर्धारित समयभन्दा घण्टौँ बित्दा समेत उनीहरु कार्यक्रमस्थल आइपुगेनन् ।
दुई बजेर केही मिनेट मात्रै गएको थियो, कार्यक्रम सुरु भयो । तर कार्यक्रममा थापा र वली उपस्थिती भइनन् । त्यसका बारेमा कार्यक्रममा चर्चा धेरै भयो तर आयोजकले जवाफ दिनै सकेनन् ।
थापा र वलीको नाम लिएर राप्रपाले कार्यक्रमको प्रचारप्रसार गरेको भन्दै उपस्थितले आक्रोश समेत व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जबराले भूकम्पपछि तीन सरकार परिर्वतन भएको भएपनि अहिलेसम्म कुनै सरकारले प्रगतीको नाममा सिन्को नभाँचेको बताए ।
त्यसैगरी अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षेता र संघियता ठीक ढंगले समायोजन गर्न नसक्दा देश संकटको चक्रव्युमा फसेको बताए । कांग्रेस, एमाले र माओवालीले गर्दा अहिले ५ लाख युवा विदेशीन बाध्य भएको आरोप थापाले लगाए ।
Reviewed by a
on
7:12 AM
Rating:
No comments: