Top Ad unit 728 × 90

a
Ad Inside Post

अमेरिकाले नेपाली विद्यार्थीलाई ‘वर्क परमिट’ दिने

काठमाडौं, १५ पुस । अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ ।
अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको हो । यसअघिको सुविधा हालै समाप्त भएका कारण, पुन अवधि लम्ब्याईएको हो । अमेरिकी सरकारले यो सुविधा, गत सालको महाभुकम्पका कारण प्रदान गर्दै आएको छ ।
महाभूकम्पबाट नेपाली परिवार प्रभावित भएको र त्यसबाट अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको उल्लेख गर्दै ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले सो व्यवस्था गरेको हालै जनाएको छ । डिपार्टमेन्ट प्रमुख जेह चाल्र्स जोहन्सन द्वारा हस्ताक्षरित जारी विज्ञप्ती अनुसार गत मंगलबार देखि सो सहुलियत दिईएको र यसको अवधि सन् २०१८ को जुनसम्म रहनेछ ।
‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ ।
सहुलियत अनुसार नेपाली विद्यार्थीहरुले काम गर्ने अनुमति पत्र ‘वर्क परमिट’ का लागि आवेदन दिनसक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीको हकमा लागु हुँदैन् । अन्य देशका विद्यार्थीलाई थोरै घण्टाको काम गर्ने अनुमति दिने अमेरिकी अध्यागमन कानुन भएपनि, यो सहुलियतका कारण नेपाली विद्यार्थीले अतिरिक्त समयका लागि ‘वर्क परमिट’ पाउदै आएका छन् ।
मुख्य शर्तको रुपमा यो सुविधा पाउन, कम्तीमा भुकम्प गएको दिन अर्थात २०१५ को अप्रिल २५ देखि वा सो भन्दा अघि देखि नै अमेरिकामा पढाई गरिरहेको हुनुपर्नेछ । विद्यार्थीले अनिवार्यरुपमा आफनो ‘विद्यार्थी हैसियत’ जोगाउनुपर्ने र त्यसका लागि प्रत्येक सेमेष्टरमा नेपाली विद्यार्थीले कम्तीमा स्नातक तहमा ६ क्रेडिट एवम स्नातकोत्तर तहका लागि तीन क्रेडिटको पढाई सुचारु गर्नुपर्ने नियम छ ।
महाभुकम्पको प्रभावलाई मध्यनजर गर्दै यस अघि गत कार्तिकमा अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो । महाभूकम्प लगत्तै सन २०१५ जुन २४ मा पहिलोपटक, अमेरिकी सरकारले टिपीएसको सुविधा सहित विद्यार्थीलाई पनि सहुलियत प्रदान गरेको थियो ।

अमेरिकाले नेपाली विद्यार्थीलाई ‘वर्क परमिट’ दिने Reviewed by a on 7:24 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.