Top Ad unit 728 × 90

a
Ad Inside Post

एटीएमबाट पैसा निकालेर हिँड्न हतार नगर्नुस्, यसरी हुनसक्छ ठगी

काठमाडौं : पैसा निकाल्न एटीएम कार्ड प्रयोग गर्नुहुन्छ? एटीएम बुथमा छिरेर पैसा निकालेपछि अरु केही विचार नगरी हिँड्ने बानी छ? एकछिन पर्खनुहोस्, तपाईँको रकम चोरी हुन सक्छ। तपाईँले भर्खर निकालेको पैसा होइन कि तपाईँको अकाउन्टमा भएको पैसा। एटीएमबाट अर्काको रकम निकालेको आरोपमा दुई भारतीय नागरिकलाई प्रहरीले आइतबार पक्राउ गरेपछि यस्तो ठगीको रहस्य पत्ता लागेको हो।    उपत्यकाका विभिन्न बैंकका एटीएम बुथबाट अवैध रुपमा रकम झिकेर ठगी गरेको आरोपमा दुई जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भारत चण्डीगढका २३ वर्षीय इत्तेदार खान र लक्ष्मीनगर दिल्लीका ३३ वर्षीय निरन्जन मेहतालाई पक्राउ गरेको हो। उनीहरुले कमलादी, माछापोखरी, भोटाहिटी, महाराजगंज, अनामनगरमा रहेका एटीएम बुथबाट अवैध रुपमा रकम झिक्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोेका निर्देशक प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले जानकारी दिए। 'उनीहरुले विगत एक महिनादेखि काठमाडौंका एटीएमबाट रकम झिक्दै आएका रहेछन्', उनले भने 'पीडितहरुले गुनासो गरेपछि अनुसन्धान गर्दै जाँदा दुई जना पक्राउ परेका हुन्।' सिलवालका अनुसार उनीहरु एटीएम बुथमा पैसा निकाल्न आउनेहरुलाई कुरेर बस्थे। आफूलाई एटीएमबाट पैसा झिक्न नआएको भन्थे र सिकाउन आग्रह गर्थे। उनीहरुलाई सिकाउन ग्राहकले आफ्नै एटीएम कार्डबाट पैसा निकालेर जान्थे। जब ग्राहक निस्कन्थे, उनीहरु 'डु यु निड मोर टाइम?' भन्ने विकल्पमा 'एस' रोज्थे र रकम निकाल्थे। एटीएम कार्ड स्वाइप गर्ने एटीएम मेसिनहरुमा यस्तो विकल्प हुन्छ जहाँ ग्राहकले एकपटक रकम निकालेपछि पुनः दोस्रोपटक पनि कारोबारको विकल्प दिइन्छ। यही सुविधाको गलत फाइदा उठाएर उनीहरुले ठगी गर्ने गरेको प्रहरीले भेटेको हो।  त्यसरी निकालिएको रकम विभिन्न क्यासिनो र होटलहरुमा खर्च गर्ने गरेको पाइएको पनि डीआइजी सिलवालले जानकारी दिए। 'उनीहरुले छ लाखभन्दा बढी रकम झिकेर ठगी गरेको पाइएको छ', उनले भने। प्रहरीले उनीहरुबाट मोबाइल, दीक्षित रावलको नाममा रहेको एटीएम कार्डलगायतका सामग्री बरामद गरेको छ। उनीहरुलाई ठगी मुद्दा अन्तर्गत कारवाही सुरु गरिएको पनि उनले जानकारी दिए

एटीएमबाट पैसा निकालेर हिँड्न हतार नगर्नुस्, यसरी हुनसक्छ ठगी Reviewed by a on 6:36 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.