Top Ad unit 728 × 90

a
Ad Inside Post

मालपोतका सुब्बा पाँच हजार घुससहित रंगेहात पक्राउ

घुस लिदालिदै मालपोत कार्यालय धनुषाका एक जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। आयोगको बर्दिबासस्थित कार्यालयबाट बिशेष सूचनाको आधारमा खटिएको टोलीले मालपोत कार्यालय धनुषामा कार्यरत सुब्बा राधेश्याम ठाकुरलाई रंगेहात पक्राउ गरेको हो।

 पक्राउ परेका ठाकुरले सेवाग्राहीसँग अंशबण्डा वापत पाँच हजार राजस्व र थप पाँच हजार घुस मागेका अख्तियार कमर्चारीले दावी गरेका छन्। पक्राउ परेका ठाकुरले एक हजार घुस लिँदा घाटा लाग्ने भन्दै तीन दिनदेखि काम आलटाल गर्दै आएका थिए। महोत्तरी घर भएका राम बिलास साफी धोबी, उदगारी साफी लगायतका चार दाजुभाईबीच अंशबण्डा गर्दा लेखापढी  ब्यबसायि देबेन्द्र यादव मार्फत घुस मागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख एसपी राजकुमार लम्सालले बताए।

 मालपोतमा दैनिक घुसखोरीबाट प्रत्येक कर्मचारीलाई दश हजारसम्म रकम बाँडफाड भइरहेको एक लेखापढी ब्यबसायीले जानकारी दिए। यता एसपी लम्सालले मालपोतमा खुलेआम भइरहेका घुसखोरी बन्द होस् भन्ने यो संकेत मात्र गरेको बताए। यसअघि एसपी लम्सालले सर्लाहीमा १२ लाख २५ हजार, महोत्तरीमा नापी कार्यालयका अमिनलाई १ लाख र महोत्तरीकै गाविस सचिवलाई १० हजार रुपैयाँ घुस लिदालिदै रंगेहात पक्राउ गरेका थिए।
मालपोतका सुब्बा पाँच हजार घुससहित रंगेहात पक्राउ Reviewed by a on 6:25 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.