Top Ad unit 728 × 90

a
Ad Inside Post

बागमती किनारका विरुवा उखेलिदा बेइजिङमा लीलामणिको मन दुख्यो...

काठमाडौंः पूर्वमुख्य सचिव एवम् चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले मुख्यसचिव सोमलाल सुवेदीलाई बेइजिङबाट बागमती सफाइ अभियानको बारेमा ध्यानाकर्षण गराउदै पत्र लेखेका छन् । लीलामणिले फेसबुक मार्फत् लेखेको पत्रको विवरण जस्ताको तस्तैः

मुख्यसचिव श्रीसोमलाल सुवेदीलार्इ हार्दिक अनुरोध
विगत तीन बर्षदेखि निरन्तर सरसफाइमा सम्लग्न स्थानीय समुदायले आफ्नो रगतपसिना बगाएर रोपेका र आफ्ना सन्तान जसरी मायागरी हुर्काएका विरूवा बागमती संरक्षणका नाममा रातीमा उखेलेको समाचारले मलार्इ मर्माहत बनाएकोछ। समाचारबाट यस्तो काम परियोजनाको नाममा भएकोछ भन्ने आँकलन गर्न सकिन्छ।
पुडासैनी मैत्री समाजको नेतृत्वमा गुह्येश्वरी माथि बागमतीमा भएको सरसफार्इको काम समाज सेवाको सर्वोत्कृष्ट नमुना हो। उनीहरूको निस्वर्थ सेवालार्इ कुनै मुल्यमा नाप्न सकिदैन ।
यमसेवाको त्यस्तो उत्कृष्ट काम नष्ट गरेर यो कस्तो संरक्षण गर्न खोजिएको हो मैले बुझिन ? शहरी विकास मन्त्रालय र अन्यत्रका बैठक तथा समारोहमा परियोजनाको कुरा उठ्नासाथ स्थानीय प्रयासलार्इ स्थानीय कै सम्लग्नतामा स्थानीय श्रोतको प्रयोग गरेर नदी संरक्षण गर्न र स्थानीयले गर्ने काम ठेक्का नलगाउन पदमै छंदा र त्यसपछि पनि मैले जोडदार आवाज उठाइरहेको स्मरण गराउदै उपर्युक्त काम तत्काल रोक्न आदेश दिनुहोस भन्ने आग्रह गर्दछु।
काम कसरी हुंदैछ भन्ने बारेमा परियोजना कहिलै पारदर्शी भएन। शंका कै भरमा सरकारी अधिकारीलार्इ पटकपटक स्थानीयले गर्नेकाममा महंगा कन्सल्ट्यान्ट नलगाउन मैले सार्वजनिक आग्रह गरेको र पछिल्लो मलार्इ विदार्इ गर्ने कार्यक्रममा प्रमुख अतिथि माननीय शहरी विकास मन्त्रीज्यूलार्इ समुदायको कामको संरक्षण गरिदिन सार्वजनिक आग्रह गरेको पनि जानकारी गराउंछु। बागमती सफार्इ अभियानको नेतृत्व औपचारिक रूपमा लिएर महाँअभियानलार्इ निरन्तर गति दिनु भएकोमा एउटा अभियन्ताको नाताले म तपार्इको प्रशंसा गर्दछु। साथै समुदायको अपनत्व र सकृयतामा मात्र महाअभियानको सफलता र दीगो ब्यवस्थापन हुन्छ भन्ने विश्वास गर्ने थोरै निजामती कर्मचारीमा तापार्इ पनि पर्नुहुन्छ भन्नेमा मलार्इ दुविधा छैन।
तपार्इलार्इ मैले टेलीफोनमा यो कुरा भन्नसक्थें अथवा छुट्टै पत्र लेख्न सक्थें। तर स्वयमसेवी सबैको उत्प्रेरणा नमरोस भनेर समुदायको आत्मबल बढाउन मैले यो बाटो रोजेकोमा तपार्इले अन्यथा लिनुहुने छैन भन्ने ठान्छु। परियोजनाले समुदायको कामको कदर गर्नै पर्छ। विरूवा आफुखुसी रोपिएका पनि होइनन्। बागमती सभ्यता एकिकृत विकास समितिकै स्वीकृतिमा वन मन्त्रालयको प्राविधिक सहयोगमा विरूवा रोपिएका हुन् ।
अहिले हुर्किसकेका विरूवा उंखेलेर फेरी नयाँ विरूवा हुर्काउन तीनचार वर्ष लाग्छ र खर्च पनि । समुदायको सहयोग जुटेन भने रोपेका विरूवा कस्ले संरक्षण गरिदिन्छरु समुदायको स्वस्फुर्त अभुतपुर्व सहभागिताको यतिठाडो अवमुल्यन भएपछि अव कहाँको कुन समुदायलार्इ बागमती सभ्यतमको संरक्षणमा लगाउनेरु तपार्इको सार्थक हस्तक्षेपको प्रतिक्षामाछु। तपार्इको मुख्यसचिवको कार्यकालको सफलताको शुभकामना ।
बागमती किनारका विरुवा उखेलिदा बेइजिङमा लीलामणिको मन दुख्यो... Reviewed by a on 1:09 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.