किन हँदै छ ? तेस्रो मुलुकबाट काठ आयात
माघ ८, विराटनगर । विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएका छन् । पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति गर्नका लागि सो परिमाणका काठ तेस्रो मुलुकबाट भित्रिएको हो । यस क्षेत्रका जङ्गलमा उत्पादित काठमध्ये विशेषगरी सखुवा जातको काठको माग अत्यधिक रहेको छ । मागअनुरूप आपूर्ति हुन सक्ने सम्भावना नदेखिएपछि तेस्रो मुलुकबाट काठको आयात हुन थालेको हो ।
जिल्ला वन कार्यालय मोरङकाअनुसार, आव ०७०/७१ मा पाँच हजार ८ सय ५३ क्युविक घनमिटर, ०७१/७२ मा तीन हजार ६ सय ४८ क्युविक घनमिटर, ०७२/७३मा एक हजार ८ सय ५५ क्युविक घनमिटर र चालू आर्थिक वर्षको प्रथम ६ महीनामा तीन हजार ९६ क्युविक घनमिटर गरी कुल १४ हजार ४ सय ५२ क्युविक घनमिटर काठ यो नाका भएर नेपाल भित्रिएका छन् ।
सबैभन्दा बढी काठ इण्डोनेशिया र बर्माबाट भित्रिएका छन् । भित्रिएका काठमा बङ्कीराई र कपुर जातका बढी छन् । यी जातका काठ साल जातकै काठ जतिको बलियो भनेर भित्र्याइएको हो । भित्रिएका यी काठ भवनको झ्याल र चौखटमा बढी प्रयोग हुने गर्दछ । भित्र्याइएका यी गोलिया काठ व्यापारीले सोझै बिक्री गर्ने वा झ्याल, ढोकालगायतका सामग्री निर्माण गरी थोक बिक्रेतालाई उपलब्ध गराउने गर्छन् । थोक बिक्रेताले पसललाई उपलब्ध गराएपछि सर्वसाधारण ग्राहकले खरीद गर्ने गर्छन् ।
काठको बढ्दो मागलाई ध्यानमा राखेर जिल्ला वन कार्यालयले वैकल्पिक वन व्यवस्थापन कार्यक्रम र साझेदारी वन कार्यक्रममा जोड दिइएको जिल्ला वन कार्यालयका प्रमुख विनोद देवकोटाले बताए ।यस कार्यक्रम अन्तरगत जङ्गलभित्रका सुकेका, ढलेका काठलाई सङ्कलन गर्नुका साथै पूर्णरूपले तयार भएका रुखलाई कटान गरी आन्तरिक बजारमा उपलब्ध गराउन सकिने उनले जानकारी गराए ।
किन हँदै छ ? तेस्रो मुलुकबाट काठ आयात
Reviewed by a
on
1:06 AM
Rating:
Reviewed by a
on
1:06 AM
Rating:

No comments: