Top Ad unit 728 × 90

a
Ad Inside Post

छक्कापञ्जा पाइरेसी आत्महत्या प्रकरण : दीपक भन्छन् – मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु

दीपकराज गिरी –
अहिले जुन प्रकारले सामाजिक सञ्जालमा एक किसिमको आक्रोश देखिएको छ केही मान्छेहरुको। त्यो आक्रोशका बारेमा मलाई पनि बोल्न मन लागेको छ।
म युरोपमा छु। त्यसकारण म प्रत्यक्ष यसको जवाफ दिन सक्दिनँ। तर घटनाको बारेमा मैले बोल्नै पर्छ। परिवारको आक्रोश स्वभाविक छ किनभने कसैको छोरा गुमेको छ। पीडामा आक्रोश हुन्छ र आक्रोशमा को राइट, को रङ भन्ने हुँदैन। जसले गुमाएको छ उनीहरुलाई पीडा हुन्छ र त्यो पीडाको बोध मलाई पनि छ।
तर अन्य मानिसहरुको आक्रोशको विषयमा जसले यो दीपकराज गिरीले गर्यो, छक्कापञ्जाले गर्यो भनेका छन् त्यो सरासर गलत र धमिलो पानीमा यही मौकालाई छाड्नु हुन्न भन्नेबाट आकर्षित छ।
मानिसले आफ्नो सामान हराएको अथवा आफ्नो सामान अपलोड गरेको चिजको कम्प्लेन पनि गर्न नपाउने हो भने हो, म दोषी छु। र, सामान्य गाली गरेर छोडिदिनु अपराध हो भने हो, म अपराधी हो।
मैले उसलाई उसको करिअरको चिन्ता गरेर उसलाई जान दिनु मेरो अपराध हो भने त्यहाँ पनि म दोषी छु। जेल हाल्ने, केस बनाएर अदालत चलान गर्न सक्थेँ, म साइबर कानुन त्यति कडा छ। त्यो नगरीकन उसलाई सामान्य भनेर छाडिदिएको मेरो गल्ती हो भने म यसको ठूलो अपराधको भागी हो।
हैन भने उसलाई मैले कहाँनिर धम्क्याएको छु? मसँग त्यो भाइको टेलिफोन नम्बर पनि छैन। फेरि एक हप्तादेखि निरन्तर धम्क्याइरहेको भनिएको छ जबकि एक हप्तादेखि म यता युरोपमा छु।
नेपालीहरु संवेदनशील हुन्छन्। आत्महत्या नै सबै कुराको समाधान हो र सही र गलत नहेरी अर्को मान्छे पनि आत्महत्या गरेको हेर्न चाहनुहुन्छ र यसले पनि त्यस्तै घटनाको रुप लिन्छ भन्ने चाहनुहुन्छ भने म त्यस्तो गर्नेवाला छैन।
पक्कै पनि यो घटनाले मलाई दुःखी बनाएको छ। तर म, मेरो संलग्नता, मेरो टिमको संलग्नता बिल्कुल पनि छैन। र जति मैले उसलाई गाली गरेको हुँ त्यही प्रहरी चौकीमा गरेको हुँ। प्रहरीकै अगाडि मात्र भनेको हुँ। त्यो पनि उसलाई मात्र हैन चार जनालाई भनेको हुँ। चार जनालाई भन्दाखेरी चारै जना विद्यार्थी भएको कारणले उनीहरुलाई मैले छाडिदिएको हुँ। त्यसमा कहाँनिर मेरो अपराध भयो? कहाँनिर गल्ती भयो?
योभन्दा अगाडि पनि मैले मान्छेहरुलाई छाडिदिएको छु। मलाई मेरो टिममै साथीहरुले भन्न लागिसके अब त दीपकले पाइरेसी गर्ने मान्छेलाई समात्यो भने दीपकलाई लग्यो भने छाडिदिइहाल्छ भनेर जिस्काउन पनि लागिसकेका थिए मलाई।
म हेरिरहेको छु सबै कुरा। अहिले त छक्का पञ्जा नै पनि नराम्रो झुर फिल्म भनेर अनेक किसिमले त्यो मुभीको बारेमा र यो उसको बारेमा अपराधीलाई कारबाही गर्नुपर्छ भनेर संवेदनहीन शब्दहरु सुन्दाखेरी मरेर जाने मान्छे मरेर गयो तर म छिनछिनमा मरिरहेको छु।
कलाकार मान्छे संवदेनशील छु। तर म अहिले पनि अनुरोध गर्न चाहन्छु जो मान्छे मेरो चरित्र हत्या गर्न लागेको छ उसित म सक्दै सक्दिनँ उसको उद्देश्य नै त्यही हो। केही एक दुई वटा अनलाइनले पनि मैले न्युज हेरेको छु उनीहरुले सपष्ट रुपमा किटान गरेर दीपकराज गिरीले लगातार धम्की दिएर भनेर भन्नुभएको छ म तपाईँलाई अनुरोध गर्न चाहन्छु। कृपया यो साबित गर्नुहोस्। टेलिफोन कल मात्र गरेको पनि साबित गर्नुस्, र एक जना मान्छेले पनि यहाँ भेटेर धम्क्याएको भन्नुस् म सलाम गरेर जेल जान तयार छु।
हैन भने यस्तो असंवेदनशील आरोप नलगाउनु होला। सिनेमा पाइरेसी भएर दिक्दार भएर म बीच बाटोबाट फर्कँदैछु। मेरो क्षति भएको छ।
अनि कतिले चाहिँ आफ्नो सामान राम्रोसँग राख्न नसक्नु अर्कोलाई दोष लगायो भन्छन्। यसको मतलब के घरमा कहिलेकाहीँ ताल्चा लगाउन बिर्सेर बाहिर गयो भने त्यतिबेला चोर्ने चोरलाई पुरस्कार दिने हो र दण्ड दिने हैन र? समातेर चोरलाई कारबाही गर्नुपर्ने हैन र। ताल्चा नलगाएको आरोपमा घरधनीलाई जेल हाल्ने कि चोरी भएकोमा रिपोर्ट गर्ने?
रिपोर्ट गर्दा पनि मृतक भाइ सबैभन्दा पहिला अपलोड गर्ने व्यक्ति हो कि हैन? यो त साबित भइसकेको छ। पुलिसले भनिदिन्छ। र जहाँसम्म धम्कीको कुरा छ ४ जना मान्छे जसले एकले अर्कालाई सिडी हस्तान्तरण गर्दै गएको छ। उनीहरुले नै भन्न सक्छन् कसले धम्क्यायो भनेर। दीपा जी र मैले धम्क्याएको एउटा मात्रै टेलिफोन कल देखाउनुस्।
छानबिन गरौँ। छानबिन गरेर प्रमाणित भएपछि मात्रै मलाई गाली गर्नुस्।
साभार पहिलोपोस्ट

छक्कापञ्जा पाइरेसी आत्महत्या प्रकरण : दीपक भन्छन् – मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु Reviewed by a on 2:52 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.