Top Ad unit 728 × 90

a
Ad Inside Post

अब १०८ रुपैयाँमै चढ्नुस् चन्द्रागिरि केबलकार, कहाँ पाइन्छ सस्तो टिकट ?

काठमाडौं, २ माघ । माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वास अनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको छ ।
माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले रु. १०८ मा नै टिकट प्राप्त गर्नेछन् । यस व्यवस्था अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने पाउनु हुनेछैन् ।
गत साउन २४ गतेबाट व्यवसायीक संचालनमा आएको चन्द्रागिरि केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ३० गते उद्घाटन गरेका थिए ।
विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जनासम्मयात्रु बोक्ने क्षमता राख्दछन् । केबलकार संचालनमा आएदेखि पुस मसान्तसम्म २ लाख ८९ हजार ४ सय १५ जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसकेका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानले चन्द्रागिरि हिल्स लिमिटेडलाई ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित गरिसकेको छ ।
दर्शनार्थीहरूका लागि व्यवस्था भएका सुविधा:
चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरिसम्म केबलकार पुग्ने छ । यि बसहरु तत् स्थानहरु हुँदै फर्कने छन् । चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ ।

अब १०८ रुपैयाँमै चढ्नुस् चन्द्रागिरि केबलकार, कहाँ पाइन्छ सस्तो टिकट ? Reviewed by a on 2:59 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.