Top Ad unit 728 × 90

a
Ad Inside Post

‘कुलमानलाई काम गर्न देउ’ भन्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

काठमाडौं-विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङका समर्थक र प्रहरीबीच राजधानीको माइतीघरमा झडप भएको छ।
नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरूद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनकारीले अदालतको आदेश खारेज हुनुपर्ने र प्राधिकरण प्रमुख घिसिङलाई काम गर्ने वातावरण दिनुपर्ने उनीहरूको माग थियो
‘कुलमान घिसिङलाई काम गर्न देऊ’ भन्दै घिसिङको समर्थनमा लेखिएका पर्चा र सन्देशका व्यानरसहित प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो।
‘आन्तरिम आदेश खारेज गर’, ‘लोडसेडिङ गर्नेलाई कारबाही गर’ ‘उज्यालो बिरोधीहरू मुर्दावाद’ जस्ता नारा लगाएर उनीहरूले प्रदर्शन गरेका थिए।

‘कुलमानलाई काम गर्न देउ’ भन्दै प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप Reviewed by a on 1:10 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.