Top Ad unit 728 × 90

a
Ad Inside Post

चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार

reserved.
मङ्गलबार, १९ पुष २०७३, १४ : ४५
चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार
मङ्गलबार, १९ पुष २०७३, १४ : १२ | नागरिक
“ प्रत्येक दुई वर्षमा दिइने भैरव पुरस्कारको राशी नगद ५० हजार रुपैया तथा भैरव प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।
काठमाडौं— प्रसिद्ध हास्यव्यङ्ग्यकार स्वर्गिय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) तथा भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गरिने भएको छ।
भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा राजधानीमा सोमबार बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो। प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशी नगद ५० हजार रुपैया तथा भैरव प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।
गौतम तथा भट्टराईलाई वर्ष २०७१–७२ को लागि उत्कृष्ट हास्यव्यङ्ग्यकारको रुपमा पुरस्कृत गर्न लागिएको गुठीका सचिव वसन्त रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अर्यालकै स्मृतिमा आयोजना गरिएको काठमाडौं क्षेत्र नम्बर २–३ व्यापी माध्यामिक विद्यालय स्तरीय हास्यव्यङ्ग्य प्रतियोगितामा विजयीहरुको नाम पनि गुठीले घोषणा गरेको छ।
पहिलो स्थान मोनास्टिक पब्लिक स्कुलकी छात्रा अविना थापाले हासिल गरेकी छिन्। द्वितीय स्थान जेभियर इन्टरनेशनलकी दृष्टि लम्सालले हात पारेकी छिन् भने आदर्श मावि भद्रवासकी प्रमिला फुँयाल तेस्रो भएकी छिन्। अरुणिामा माविका शौरभ फुँयालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
पुरस्कारको राशी क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया रहेको छ। यी सबै पुरस्कारहरु वरिष्ठ साहित्यकारहरुकोे उपस्थितिमा पुस २९ गते वितरण गरिने भैरव पुरस्कार गुठीले जनाएको छ।

चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार Reviewed by a on 1:13 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.