माघ महिनाका शक्ति पीठको दर्शन गर्दा शक्ति प्राप्त हुने
माघ ६, काठमाडौं । हिन्दू धर्मका अनुसार जहाँजहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्ति पीठ उत्पन्न भएको मानिन्छ । सतिदेवीको अंग पतन भएको स्थानलाई पवित्र तीर्थस्थलको रुपमा लिने गरिएको छ । यस्तो शक्ति पीठको दर्शन गर्नाले शक्ति प्राप्त हुनाका साथै आफूले मनले चिताएको पुग्ने जनविश्वास रहि आएको छ । य माघ महिनामा यस्ता शक्ति पीठको दर्शन गर्नाले कार्य सिद्ध हुनाका साथै परलोकमा समेत मोक्ष मिल्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । विश्व भर सतिदेवीको १०८ वटा शक्ति पीठहरु रहेका छन् । तीमध्ये धेरै जसो नेपाल र भारतमा पर्ने गर्दछ ।
हामी हिन्दूहरु माघ महिनामा घरघरमा श्रीस्वस्थानीमाताको पूजा तथा आरधना गर्ने गर्दछौं । सक्ने तथा फुर्सदिँदा भक्तजनहरुले काठमाडौं उपत्यकाबाट नजिकै रहेको शालिनदीमै गएर श्री स्वस्थानी माताको व्रत तथा आरधना गर्ने गर्दछन् भने नसक्नेले एक छाकमात्र अन्न ग्रहण गरी आफ्नै घरमा घरमा बसेर पनि उनको पूजा तथा आरधना गर्ने प्रचलन छ । त्यतिपनि नसक्नेले घरमा कथा वाचन गरेर माता श्री स्वस्थानीलाई सम्झेर उनको कथा वाचन गर्ने गर्दछन् ।
श्रीस्वतानी व्रत कथा अनुसार नवराजकी धर्मपत्ती चन्द्रावतीले उनै देवीको पूजा तथा आरधनाबाट आफ्नो विछोड भएको श्रीमान् राजा नवराजसँग भेट भएको थियो ।
को हुन् सतिदेवी ?
सतिदेवी दक्षप्रजापतिकी जेठी छोरी हुन् । उनका ३३ कोटी छोरीमध्ये सबैभन्दा जेठी छोरी सतिदेवी भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । बहिनीहरुको विवाह तेतिसकोटी देवताहरु भएको थियो भने उनको विवाह जगतका संहारकर्ता भगवान श्रीमहादेवसँग भएको थियो । भगवान महादेवलाई विष्णु भगवानले छलकपट गरेर सतिदेवीको हात महादेवका हातका पारिदिएका थिए । भगवान महादेव दक्षप्रजापतिको घरमा सतिदेवीको हात माग्न जाँदा दक्षप्रजापतिले उनलाई नाना प्रकारले गाली, निन्दा गरी पठाएका थिए । त्यहि हुनाले भगवान विष्णुले उनी आफैलाई भनि सतिदेवीको हात मागेका थिए । र पछि कन्यादान दिने बेलामा विवाह मण्डलमा सबैको आँखा छलि सतिदेवीको हात हिन्दूहरुको आरध्यदेव महादेवको हातमा पारिदिएका थिए । सतिदेवीको विवाह महादेवसँग भएपछि उनीहरुलाई दक्ष प्रजापतिले मन पराएनन् र महादेव तथा सतिदेवी नरुचाएका छोरी ज्वाइँ बन्न पुगे ।
केहि समयपश्यात दक्षप्रजापतिले आफ्नो दरवार हरिद्वारमा ‘वृहस्पती सर्व’ नामक यज्ञ लगाएका थिए । त्यस यज्ञमा सबै छोरी ज्वाइँलाई बोलाए । तर, महादेव र पार्वतीलाई बोलाइएन । त्यो कुरा थाहा पाएपछि सतिदेवीले महादेवसँग आज्ञा लिएर यज्ञ भइरहेको स्थान हरिद्वार पुगिन् । त्यहाँ गएपछि आफ्ना मातापितासँग आफूलाई नबोलाएको गुनासो गरेपछि दक्षप्रजापतिले महादेवको फेरि निन्दा गर्न थाल्यो ।
र उनले आफ्नोपतिको निन्दा गरेको सुन्न नसकी सोही यज्ञमा हाम फालेर प्राण त्याग गरेकी थिइन् । यज्ञ कुण्डमा उनको प्राण गएपनि शरिर भने जल्न सकेको थिएन ।
पछि महादेवले सतिदेवीको मृत्यु भएको खबर पाएपछि उनले शरिरलाई बोेकर पृथ्वीको भ्रमण गरेका थिए । सतिदेवीको मृत शरिर बोकेर जहाँ जहाँ भगवान महादेवले पाइला टेक्नु भयो त्यहाँ त्यहाँ उनको एक अंग पतन भएको र अंग पतन भएको स्थानलाई शक्ति पीठ भन्ने गरिएको छ । पछि उनै सतिदेवी हिमालय पर्वतकी पुत्री पार्वती भएर जन्मिएकी हुन् भन्ने जनविश्वास छ ।
आनन्द अमृत बाट साभार
Reviewed by a
on
10:50 PM
Rating:
No comments: