Top Ad unit 728 × 90

a
Ad Inside Post

सुन्तलाको बोक्राबाट बन्‍नेछ पेट्रोल !

प्राय हामी सुन्तलाको बोक्रालाई त्यतिक्कै फालिदिन्छौ वा 'भिटामिन सी'ले भरिपूर्ण भएकाले यसलाई छालामा प्रयोग गर्छौ। तर अब सुन्तलाको बोक्राबाट पेट्रोल बन्नेछ र गाडी कुद्‍नेछ भन्दा तपाई पत्याउनुहुन्छ?
बेलायतका वैज्ञानिक जेम्स क्लार्कले एउटा यस्तो माइक्रोवेब बनाउने दाबी गरेका छन् की सुन्तलाको बोक्रा अब गाडीको इन्धनमा परिणत हुनेछ।उनका अनुसार यो ओभन बनाउन करीब दुई लाख पाउण्ड लाग्‍नेछ।



उनले यो ओभनमा ओखर तथा स्याउको बोक्राबाट पनि इन्धन बनाउन सकिने दाबी गरेका छन्।यो माइक्रो ओभनमा सुन्तलाको छालामा रहेको अणुलाई टुक्र्याएर इन्धनमा परिणत गरिनेछ। सो ओभनमा अणुबाट निक्लिने ग्यास इन्धन मात्र नभएर प्लास्टिक समेत उत्पादन गर्न सकिनेछ।
जेम्स अहिले करीब ३० टनको इन्धन अटाउन सक्‍ने भाडो बनाउन जुटिरहेका छन्। उनले सुन्तलाको बोक्रालाई इन्धनको सबैभन्दा बलियो स्रोत मानेका छन्। 
उनका अनुसार विश्‍वमा प्रत्येक वर्ष लाखौ टन सुन्तलाको बोक्रा त्यतिक्कै खेर गइरहेको हुन्छ।
सुन्तलाको सबैभन्दा बढी उत्पादन हुने देश ब्राजिलमा सालाना जुस निकाल्‍ने बेलामा करीब ८० हजार टन सुन्तलाको बोक्रा छोडाएर फ्याकिने गरिएको छ। यही कुरालाई मध्यनजर गर्दै जेम्सले यसलाई सदुपयोग गरेर इन्धन बनाउने अभियानमा जुटेका छन्।
सुन्तलाको बोक्राबाट बन्‍नेछ पेट्रोल ! Reviewed by a on 3:55 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.