Top Ad unit 728 × 90

a
Ad Inside Post

शाहरुखले भने, ‘यदि छोराहरुले महिलाको इज्जत नगरे गर्धन काटिदिन्छु’

अंग्रेजी नयाँ वर्षमा बेंगलुरुमा महिलामाथि भएको दुर्व्यवहारले पूरै भारतमा तहल्का मच्चाएको थियो । यसै विषयमा शाहरुख खानले पनि एक चर्चित म्यागजिन फेमिनासँग कुराकानी गरेका छन् । उनले अन्तर्वार्तामा आफ्ना छोराहरुलाई महिलाको सम्मान गर्न सिकाउने गरेको उनले बताएका छन् ।
उनले भने, ‘मैले आफ्ना दुबै सन्तान आर्यन र अबरामलाई कहिले पनि कुनै महिलाको चित्त नदुखाउ भन्ने सिकाएको हुन्छु । यदि गल्तीपूर्वक यस्तो गरे म उनीहरुको गर्धन काटिदिने धम्की पनि दिएको छु ।’
‘समय अहिले पनि परिवर्तन भएको छैनन् । कुनै पनि महिला तिम्रो दास बन्न सक्दिनन् । त्यसकारण उनीहरुको इज्जत गर’ आफ्ना दुई छोरालाई यस्तै वाक्य प्रयोग गरेर सम्झाउने गरेको उनले जानकारी दिए ।
स्मरण रहोस्, यो भन्दा पहिले यसै म्यागजिनलाई दिएको अन्तर्वार्तामा शाहरुखले आफ्नी छोरीसँग प्रेम गर्नका लागि विभिन्न शर्त पूरा गर्नुपर्ने बताएका थिए ।

शाहरुखले भने, ‘यदि छोराहरुले महिलाको इज्जत नगरे गर्धन काटिदिन्छु’ Reviewed by a on 10:19 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.