छक्का पञ्जा पाइरेसी गर्ने युवाको आत्महत्याबारे किरण केसीको यस्तो खुलासा
काठमाडौं, माघ ३ – सिनेमा छक्का पञ्जा लिक गर्ने २३ वर्षका युवा कृष्ण सुवेदीको आत्महत्याबारे कलाकार किरण केसीले केही खुलासा गरेका छन् ।
कृष्णको आत्महत्यापछि निर्माता दीपक राज गिरीले सिनेमा लिक गर्नेलाई मार्ने धम्की दिएको र कृष्णले आत्महत्या गरेका खबरहरु प्रकाशित भएका थिए । तर किरण केसीले यी सबै कुराहरु गलत भएको
बताएका छन् । हामीसँग कुराकानी गर्दै उनले भने, ‘कृष्णको भविष्य र पारिवारिक अवस्था देखेर दीपक राज गिरीले माफी दिइसकेका थिए । यहि कारण दीपकले कृष्णलाई सामान्य तारेखमा प्रहरीबाट छुटाएका पनि थिए । त्यस कारण कसैको बौद्धिक सम्पत्ति चोरेर माफी पाउँदा पनि कोही आफैँ मर्छ भने त्यसमा कसैको गल्ती हुँदैन । आत्महत्या गर्नेकै गल्ती हुन्छ ।’
‘मेरा विचारमा नेपालमा साईबर क्राइम सम्बन्धी नियम कानुनहरु कडा नभएर पनि यस्तो भइरहेको छ’, उनले थपे ।
छक्का पञ्जा लिक गर्ने पहिलो व्यक्ति थिए कृष्ण । काठमाडौंको चावहिलस्थित विजय चोकमा बस्दै आएका उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारेखमा छाडेको थियो । बिहीबार फेसबुकमा सिनेमा भाइरल भएपछि उनले आत्महत्या गरेका थिए । अचानक फेसबुकमा सिनेमा भाइरल भएपछि शुक्रबार बिहान सिनेमा युट्युबमा पनि सार्वजनिक गरिएको थियो ।
उज्यालो र forseenetwork.com को सहकार्य
Reviewed by a
on
10:07 PM
Rating:
No comments: