नेपाल आईडलको अडिसन माघ १२ गतेदेखि : थाहा पाउनुस् अडिसन कुन दिन कहाँ?
विश्वप्रसिद्ध म्युजिकल रियालिटी शो आईडलको नेपाली सस्करण 'नेपाल आईडल' को पहिलो संस्करणको अडिसन माघ १२ गते सुरु हुने भएको छ। माघ १२ गते नेपालगञ्जबाट अडिसन सुरु हुने आयोजक एपी वान टेलिभिजनले जानकारी दिएको छ। त्यस्तै माघ १५ गते बुटवल, १८ नारायणगढ, २१ गते वीरगंज, २४ र २५ गते विराटनगरमा अडिसन हुनेछ। माघ २९ र फागुन १ गते पोखरा र फागुन ७ र ८ मा काठमाडौंमा अडिसन लिइने नेपाल आईडलका प्रोड्युसर लक्ष्मण पौडेलले जानकारी दिए।
अडिसन बिहान ७ बजेदेखि मध्यन्न ४ बजेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। नेपाल आईडलमा भाग लिन १६ देखि ३० बर्षसम्मका नेपाली नागरिक हुनुपर्नेछ। नेपाल आइडलको छनोट ५० प्रतिशत दर्शकको भोटिङ र ५० प्रतिशत निर्णायकहरुको मतबाट गरिनेछ। नेपाल आईडलको पहिलो संस्करणको निर्णायकमा न्हुय बज्रचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा रहेका छन्। साङ्गितिक क्षेत्रमा स्थापित भइसकेका गायक गायिकाले पनि यसमा भाग लिन पाउनेछन्। नेपाल आईडलको शो बढीमा ३२ भागसम्म हुने प्रोड्युसर पौडेलले जानकारी दिए। नेपाल आईडलमा भाग लिन र कुनै पनि राउन्डमा भाग लिन पैसा लिनु पर्दैन।
नेपाल आईडलको विजेतालाई महिन्द्रा केयुभी वान ओओ, २० लाख नगद रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमको करार पनि प्रदान गरिने छ। नेपाल आईडल नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम हो जसको निर्माण तथा प्रसारण निकट भविष्यमै आफ्नो नियमित प्रसारण सुरु गर्ने तयारीमा रहेको एपी वान टेलिभिजनले गर्नेछ। नेपाल आईडलको अडिसन दिँदा एक ठाउँमा दिएको अडिसन आफुलाई चित्त नबुझे अर्को ठाउँमा गएर पनि दिन सकिने व्यवस्था छ।

Reviewed by a
on
6:52 AM
Rating:
Reviewed by a
on
6:52 AM
Rating:

No comments: